Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

Radio Everest by Radio Everest
June 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, साेलुखुम्बु ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ  बिहीबार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाटे बजार पुग्नुभएको छ।

घिसिङलाई स्थानीयवासीले तामाङ समुदायको मौलिक डम्फू बाजा, गीत–संगीत तथा फूलमालासहित भव्य स्वागत गरेका थिए। भ्रमणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणसँग भेटघाट गर्दै गाउँपालिकाको विकासका आवश्यकता र सम्भावनाबारे छलफल गर्नुभएको थियो।

भ्रमणका अवसरमा खिजिदेम्बा गाउँपालिका–६ अन्तर्गतको दुब्ले फलाटे क्षेत्र अझै पनि राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (केन्द्रीय लाइन) को पहुँचबाट वञ्चित रहेको विषयमा स्थानीयले ध्यानाकर्षण गराएका थिए। विद्युत् सेवा नपुग्दा दैनिक जीवन, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा कठिनाइ भइरहेको भन्दै स्थानीयले उक्त क्षेत्रमा शीघ्र विद्युत् विस्तार गर्न सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन्।

स्थानीयको गुनासो सुनेपछि घिसिङले विद्युत् पहुँचबाट वञ्चित बस्तीमा सेवा विस्तारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सहभागीहरूले बताएका छन्। उहाँले ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले मात्र विकासको गति तीव्र हुने भएकाले राज्यले यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभएको थियो।

यसैबीच, खिजिदेम्बा गाउँपालिका गठनपछिको विकास यात्राबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो। कमलकृष्ण घिसिङको अध्यक्षतामा खिजिदेम्बा गाउँपालिका गठनका लागि गरिएको पहलको स्मरण गर्दै वक्ताहरूले पालिका स्थापनापछि विकासका सम्भावना विस्तार भएको उल्लेख गर्नु भएकाे शेर बहादुर थिङले जानकारी दिनुभयाे ।

स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक तथा विद्युत् जस्ता आधारभूत पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। खिजिदेम्बालाई समृद्ध र सुविधासम्पन्न गाउँपालिकाका रूपमा विकास गर्न सरकार, जनप्रतिनिधि र नागरिकबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

Previous Post

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly