असार १२, साेलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुले २०८३ साल असार १३ गते शनिबार काठमाडौंको चाबहिलस्थित एवान क्याफेमा विशेष भेटघाट तथा संगठनात्मक बैठक आयोजना गर्ने भएको छ।
दिउँसो ३:०० बजेदेखि सुरु हुने बैठकमा पार्टीका सदस्य तथा समर्थकबीच भेटघाट, चिनजान, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाइएको छ।
रास्वपा सोलुखुम्बुले उक्त बैठकमा पार्टीका सम्पूर्ण सदस्य तथा समर्थकलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन इच्छुक नयाँ व्यक्तिहरूलाई पनि सहभागी भई पार्टीमा आवद्ध हुन अनुरोध गरिएको छ।
पार्टीका अनुसार बैठकले संगठनलाई थप सुदृढ बनाउने, सदस्यबीच समन्वय बढाउने तथा आगामी गतिविधिबारे साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post