सबिना राई, असार २६, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा समग्रमा ८२.३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गत आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमहरूको खर्च विवरण सार्वजनिक गरेको हो ।
गाउँपालिकाले प्रकाशन गरेको विवरण अनुसार आर्थिक वर्षमा चालुतर्फ विनियोजित बजेटको ८६.८५ प्रतिशत खर्च भएको छ । त्यसैगरी, विकास निर्माण तथा पूर्वाधारतर्फको पूँजीगत बजेटमा ७२.३४ प्रतिशत प्रगति हासिल भएको छ । चालु र पूँजीगत दुवै विधालाई समेट्दा गाउँपालिकाको कुल वित्तीय खर्च ८२.३४ प्रतिशत पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराई र लेखा शाखा प्रमुख पिताम्बर न्यौपानेका अनुसार स्वीकृत बजेट तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएकाले यो प्रगति हासिल भएको हो । गाउँपालिकाले पारदर्शीता र उत्तरदायित्वको सिद्धान्त बमोजिम समयमै प्रगति विवरण प्रकाशन गरिएको जनाएको छ ।











Discussion about this post