Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

Radio Everest by Radio Everest
July 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार २६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आफ्नो वार्षिक आय–व्यय सार्वजनिक गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा एक हप्ता अगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था अनुसार गाउँपालिकाले गत असार २५ गते राति १२ः०० बजेदेखि सम्पूर्ण भुक्तानी निकासा बन्द गरी चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाको कुल बजेट खर्च ६४.३५ प्रतिशत भएको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा चालु खर्चतर्फ ७४.७४ प्रतिशत र पुँजीगत खर्चतर्फ ५९.०४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आर्थिक वर्षको कुल बजेट खर्च र पुँजीगत खर्चमा सुधार देखिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा कुल जम्मा ६३.८६ प्रतिशत मात्र बजेट खर्च भएकोमा यस वर्ष त्यसमा वृद्धि भई ६४.३५ प्रतिशत पुगेको छ । यस्तै, गत वर्ष पुँजीगत खर्च ४८.६५ प्रतिशत मात्र रहेकोमा यस वर्ष सुधार भई ५९.०४ प्रतिशत पुगेको छ । यद्यपि, गत वर्ष ७९.१६ प्रतिशत रहेको चालु खर्च भने यस वर्ष घटेर ७४.७४ प्रतिशतमा सीमित भएको छ । नियम अनुसार समयमै भुक्तानी निकासा बन्द गरी आर्थिक पारदर्शीता कायम गर्न गाउँपालिका प्रतिबद्ध रहेको र आगामी वर्षहरूमा पुँजीगत खर्चको दरलाई अझ बढाउँदै लैजाने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

Next Post

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

Related Posts

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly