जेठ, ३० सोलुखुम्बु । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो ।
यो खेल रद्द भएसँगै नेपाल र श्रीलंका दुवै टोलीले एक एक अंक बाँडेका छन् । यो परिणामले दक्षिण अफ्रिकालाई सुपर आठमा पुग्ने पहिलो टोली बनाएको छ । समुह ‘डि’ मा तीन खेलबाट दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ । दुई खेलबाट बंगलादेश र नेदरल्याण्ड्सले दुई दुई अंक जोडेका छन् भने नेपाल र श्रीलंकाको एक एक अंक छ ।
समुहमा नेपाल, बंगलादेश र नेदरल्याण्ड्सले समान दुई खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका र श्रीलंकाको भने एक खेल बाँकी छ । विश्वकप क्रिकेटमा बाकी दुई खेल खेल्न नेपाल अब वेष्ट इडीजको सेन्ट भिन्सेन्टतर्फ लाग्नेछ । किंग्सटाउनमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ ।
विश्वकप अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानले क्यानाडालाई ७ विकेटले हराएको छ । प्रतियोगितामा पहिलो जितसँगै पाकिस्तान समुह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको भारत र दोस्रो स्थानको अमेरिकाको समान ४–४ अंक छ ।
Discussion about this post