जेठ २९,साेलुखुम्बु । हिमाली जिल्ला साेलुखुम्बुकाे सोलुदुधकुण्ड नगरपालिका–७ मा रहेको गार्मा माध्यमिक विद्यालयले विज्ञान सामाग्री प्रदर्शनी गरेको छ । विद्यालयका विद्यार्थीले व्यवहारिक शिक्षा अभ्यासको क्रममा निर्माण गरेका विभिन्न विज्ञान सामाग्रीहरु आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको प्रधानाध्याकप विनोद सिं तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयका कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीहरुले तयार गरेका ३३ प्रकारका विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको छ ।
प्रदर्शन गरिएका सामाग्रीहरुमा थ्रिडि होलोग्राम, बज वयर गेम, डे एण्ड नाइट सेन्सर स्ट्रिट ल्याम्प, होम सेग्रेटरी मोडल, वाटर लेबल एण्ड रेण्डीटेक्टर, रिमोट कन्ट्रोल कार लगायत रहेका छन् । विभिन्न १८ ग्रुपमा विद्यार्थी विभाजन गरेको जनाएको छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले गार्मालाई नमुना विद्यालय बनाउनमा नगरपालिकाले गरेको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा,नगर उपप्रमुख गान्धीमाया तामाङसहित अन्य जनप्रतिनिधिहरु, शिक्षक,वि.व्या.स ,शि.अ ,समाजसेवी, बुद्धिजीवि, चन्दादाता, विद्यार्थी ,अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
याे विद्यालय साेलुकाे उकृष्ट र नमुना विद्यालयका रूपमा चिनिदैँ गइरहेकाे छ । यसमा विशेषगरी विद्यालयका प्र.अ,शक्षकहरू सगैँ वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाकाे मुख्य भुमिका रहेकाे अभिभावकहरूकाे भनाइ छ ।
Discussion about this post