जेठ २९, सोलुखुम्बु । खोटाङको हलेशी तुवाचुङ नगरपालिका स्थित तुवाचुङ जायजुम डाँडाँमा किरात समुदायले भव्यताका साथ उभौली पर्व मनाएका छन् । मंगलबार किरात राईहरुको महान पर्व उभौली साकेला सिलीको किरात यलेदुङ सम्बद ५ हजार ८४ को अवसरमा तुवाचुङ जायजुममा उभौली पर्व भव्यताका साथ मनाएका हुन् ।
तुवाचुङ जायजुमका अध्यक्ष राकेश राईको अध्यक्षता, हलेशी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईको प्रमुख आतिथ्यता साथै विशिष्ट अतिथी हलेशी तुवाचुङ नगरपालिकाका उप्रमखु रमेश कुमार राउत लगायतको उपस्थितीमा उभौली पर्व मनाइएको तुवाचुङ जायजुमका सचिव दिनेश राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार साकेला पर्वको अवसरमा कोशी प्रदेश नामकरण खारेजीको आन्दोलनमा करिब ५ दिन हिरासतमा बसेका सोलुखुम्बुका पूर्व मन्त्रि गोपाल किराती, राजेश राई, गन्धमान राई, विजय राई र उदिम चाम्लिङ राईलाई सम्मान पत्रले सम्मान गरिएको छ ।
यस्तै तुवाचुङजायजुमको अक्षयकोष स्थापना गर्ने किरात राई यायोक्खाका केन्द्रिय पुर्व अध्यक्ष चतुरभक्त राईलाई समेत सम्मानपत्रले सम्मान गरिएको छ ।
Discussion about this post