जेठ २९, सोलुखुम्बु । खोटाङको जन्तेढुंगा गाउँपालिकामा सम्पन्न अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधी बेलबारी नगरपालिका मोरङले हात पारेको छ । गत जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि ८ टिमलाई पछि पार्दै बेलबारीले प्रथम स्थान हासिल गरेको हो ।
खेलकुद विकास समिति जन्तेढुंगाको आयोजना तथा जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको (उपाधी हासिल गरेको बेलबारीको टिमले २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । यस्तै प्रतियोगिताको दोश्रो स्थान दमक नगरपालिका झापाले हात पार्दै १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने सेमिफाइनलिष्ट २ टिम आयोजक जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाले ५०÷५० हजार रुपैयाँ प्राप्त गरेका छन । प्रतियोगितामा सहभागि अन्य ४ टिम आमचोक गाउँपालिका भोजपुर बराहपोखरी गाउँपालिका खोटाङ, खोटाङ शिक्षक टिम र आयोजक जन्तेढुङ्गा गाउँपालिका वीको टिमले कुनै स्थान हासिल गर्न सकेन ।
गाउँपालिका र खेलकुद विकास समितिको आयोजनामा हरेक वर्ष हुने विभिन्न खेलकुद प्रतियोगिताले गाउँपालिकामा खेलकुद क्षेत्रको विकासमा मद्धत गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको १५ लाख रुपैयाँ बजेटमा सम्पन्न प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष अरुणा देवी राईले गर्नुभएको थियो ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ठ खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको छ । जसमध्ये बेस्ट प्लेयर को पुरस्कार बेलबारी नगरपालिकाका खेलाडी लिला डाँगीले हात पारेका छन । उनलाई ५ हजार नगल.दको साथमा ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको खेलकुद विकास समिति जन्तेढुंगाका सचिव शुशिल राई( अमित खोटाङ्ग)ले जानकार दिनुभयो । यस्तै अध्यक्ष विधागत पुरस्कारहरू बेस्ट डिफेन्डर, बेस्ट व्लकर, बेस्ट सर्भर, बेस्ट कोच, बेस्ट सेटर, बेस्ट स्पाइकर लाई नगद ३ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
Discussion about this post