जेठ २९, साेलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा एक घर आगलागी हुँदा घरसहित घर भित्र भएका काठपात जलेर नष्ट भएको छ । नगरपालिकाको वडा नम्बर ६ च्याल्सामा भएको आगलागीबाट स्थानीय छिरिङ शेर्पाको एक तले ढुंगा माटोले बनेको काठको छानो भएको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
गएराति करिव १० बजेको समयमा भएको आगलागीबाट उक्त घर सहित भित्र रहेको चिरान काठ जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीको सुचना पाउनासाथ घटना स्थल पुगेको प्रहरी र स्थानीयको संयुक्त प्रयासमा राती १ बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Discussion about this post