साउन १३, सोलुखुम्बु । आज गुरु पुर्णिमा हिमाली जिल्ला सोलुखुम्बुका शैक्षिक संस्था तथा विद्यालयहरूले विविध कार्यक्रम गरि मनाएका छन् । । जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरूमा गुरु र शिष्य बीचको सम्बन्ध झल्किने गरि कार्यक्रमहरू गरि यो दिनको सम्झना गरिएको छ । जिल्ला सदरमुकाम स्थित संस्थागत विद्यालय ह्वाइट हिल्स माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरि गुरु पूर्णिमा सम्पन्न गरेको छ ।
विद्यालयले विद्यार्थीहरूमा गुरुको महत्व दर्शाउने खालका अतिरिक्त कृयाकलाको आयोजना गरि यो दिवस मनाएको जनाएको हो । विद्यालयले विभिन्न रचनात्मक कृयाकलापहरू गरि गुरु पूर्णिमा मनाएको हो । यस्तै जिल्ला सदरमुकाम भित्रै रहेको माउन्ट एभरेष्ट बोर्डिङले पनि गुरु पुर्णिमा मा विभिन्न् कार्यक्रमको आयोजना गरि मनाएको छ । शिक्षक र विद्यार्थीको सम्बन्धलाई झल्काउने विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूले आफ्ना शिक्षकहरू सम्झने र अध्ययन गरिरहेको विद्यालयका शिक्षकहरुसँग आत्मीयता बाँड्ने दिनको रुपमा गुरुपूर्णिमाको दिन कार्यक्रमहरू आयोजना गरिएको ह्वाइट हिल्स सल्लेरीका प्रधानाध्यापक सन्तोष शुब्बा बताउनुभयो । गुरु पूर्णिमाको अवसरमा आज आफ्ना जीवनका महत्वपूर्ण गुरुहरूलाई सम्झने गरिएको छ ।
विद्यार्थीहरूले मात्रै नभएर देशको विभिन्न क्षेत्रमा सेवारत रहेका राजनीतिज्ञ, कर्मचारी, लगायत सबैले आफ्ना गुरुहरूको सम्झना गर्ने चलन रहि आएको छ । जिल्लाका अग्रज राजनीतिज्ञ कृष्ण प्रसाद निरौलाले जीवनमा महत्वपूर्ण पाठ सिकाउने पात्र मात्रै नभएर समय र परिस्थिति समेत गुरु हुने उल्लेख गर्नुभएको छ ।











Discussion about this post