साउन १५, सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले सोलुखुम्बुमा मनसुनको समयमा सडक निर्वाध रुपमा सञ्चालनका लागी नियमित संवादमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले जिल्लका अधिकांश सडकहरू कच्ची भएकाले मनसुनमा सडक अवरुद्ध हुने अवस्था आउन सक्ने कुरालाई ध्यानमा राखेर काम गरिरहेको उल्लेख गर्नुभएको हो । जिल्लाका ८ ओटै पालीका जाने सडकहरू कच्ची भएकाले बर्सातको समयमा पटक पटक अवरुद्ध हुने गुनासो हरु आउने गरेका छन् । अवरुद्ध भएको अवस्थामा त्यसलाइृ सञ्चालनमा ल्याउन पालिकाहरूको श्रोत साधन प्रयोग हुने भएतापनि समयमा मर्मत सम्भार नहुँदा नागरिकले सास्ती भोग्ने गरेका छन् ।
विशेषगरि सल्लेरी नेले, दिप्लीघाट सोताङ महाकुलुङ सडकको विषयमा गुनासोहरू आउने गरेका छन् । यस्तो गुनासो समाधानका लागी जिल्ला प्रशासन कार्यालय मातहत रहने विपद व्यवस्थापन समितिले आवश्यक समन्वय गर्ने गरेको उहाँको भनाई छ । नागरिकलाई यात्रामा हुन सक्ने समस्या तथा सम्भावित दुर्घटनाको विषयमा सचेतनात्मक कार्यक्रमहरू पनि गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मगरको भनाई छ ।
सडकसँग सम्बन्धित समस्या हुन वा अन्य विपद सम्बन्धीत समस्या त्यसको समन्वयका लागी हरेक स्थानीय तहमा एक जना सम्पर्क व्यक्ति तोकिएको पनि प्रजिअ मगरले बताउनुभयो । सम्पर्क व्यक्ति र जिल्ला प्रशासन बीचको समन्वयमा केही कमी भएका कारण समयमा गुनासो सम्बोधन हुन नसकेको भएपनि उक्त संयन्त्रलाई थप मजबुत बनाउन आफू निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।










Discussion about this post