साउन १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना पालिकावासीलाई लक्षित गर्दै विशेष सेवा प्रवाह शिविर सुरु गरेको छ। गाउँपालिकाको स्थायी ठेगाना भई हाल काठमाडौँमा रहेका नागरिकलाई सहज र सरल रूपमा स्थानीय तहबाट प्राप्त हुने सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि शिविर सञ्चालन गरिएको हो। शिविर बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतका अनुसार काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको हो। शिविरबाट वडा कार्यालयबाट प्रदान गरिनेछ। त्यस्तै सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर सङ्कलन, पञ्जीकरण तथा घटना दर्तालगायतका सेवासमेत एकै स्थानबाट उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकासम्म पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउँदै नागरिकको समय, श्रम तथा आर्थिक खर्च बचत गर्ने उद्देश्यले काठमाडौँमा सेवा शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो। गाउँपालिकाका अनुसार काठमाडौँ उपत्यकामा रहेका लिखुपिकेवासीले शिविरमा उपस्थित भएर आवश्यक सेवा लिन सक्नेछन्।










Discussion about this post