Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

Radio Everest by Radio Everest
August 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन् । सदरमुकाम सल्लेरीसहित जिल्लाका विभिन्न स्थानमा ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा घरपरिवारदेखि होटल व्यवसायीसम्म प्रभावित भएका हुन् । सल्लेरीस्थित रचना स्टोरका सञ्चालक रामकाजी राजभण्डारीका अनुसार करिब एक महिनादेखि कटारीबाट ग्यास आपूर्ति गर्ने कम्पनीले जिल्लामा ग्यास नल्याएपछि अभाव भएको हो ।

विगतमा स्टोरबाट दैनिक २० देखि ४० जनासम्म उपभोक्ताले ग्यास लैजाने गरे पनि अहिले पर्याप्त ग्यास नआउँदा उपभोक्तालाई रित्तो हात फर्काउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यस्तै फाप्लुस्थित याङजी शेर्पा स्टोरका सञ्चालक लाक्पा दावा शेर्पाले पनि यस वर्ष ग्यासको अभाव असहज रूपमा बढेको बताउनुभयो । उहाँका अनुसार विगत दुई वर्षदेखि निरन्तर ग्यास बिक्री गर्दै आए पनि यसअघि यस्तो समस्या देखिएको थिएन । अहिले भने ग्यास नपाउँदा उपभोक्तामा हाहाकारको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । हाल उहाँको स्टोरमा आधा सिलिन्डर ग्यासको मूल्य एक हजार ४५० रुपियाँ र भरि सिलिन्डरको दुई हजार ४५० रुपियाँ रहेको छ । तर पछिल्ला केही दिनदेखि नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा दैनिक १० देखि २० जना उपभोक्तालाई खाली हात फर्काउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

सल्लेरीमा डेरा गरी बस्दै आउनुभएकी शान्तिकला राईले ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको बताउनुभयो । ग्यास नपाउँदा साथीहरूसँग मिलेर खाना पकाउने तथा दैनिक जीवनयापन गर्नुपरेको उहाँको भनाइ छ । ग्यासको नियमित आपूर्ति नहुँदा जिल्लाका होटल तथा रेष्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन् । खाना पकाउन एलपी ग्यासमा निर्भर होटल व्यवसायीलाई ग्यास अभावले थप समस्या भएको छ । त्यसैगरी डेरा तथा भाडामा बस्ने विद्यार्थी, कर्मचारी तथा अन्य सर्वसाधारण पनि बढी प्रभावित भएका छन् । देशका विभिन्न क्षेत्रमा समेत पछिल्ला दिनमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको छ ।

मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिन्डर र रकम बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म ग्यासका लागि कुर्नुपर्ने अवस्था रहेको बताइएको छ । ग्यास अभावका कारण कतिपय उपभोक्ता वैकल्पिक इन्धनका रूपमा दाउरा प्रयोग गर्न बाध्य भएका छन् । लामो समयसम्म आपूर्ति सहज नभएमा घरायसी उपभोक्तासँगै होटल तथा रेष्टुरेन्ट व्यवसायमा समेत थप असर पर्न सक्ने देखिएको छ ।

Previous Post

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

Next Post

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
Next Post
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

Discussion about this post

Everest Highlights

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly