Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

Radio Everest by Radio Everest
August 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २०, सोलुखुम्बु । गत वर्ष हिमाली जिल्ला सोलुखुम्बुबाट ५ जना महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको छ  । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका विभिन्न पालिकाबाट ४ जना र अन्तरजिल्लाका १ जना गरि ५ जना महिलाहरूको उद्धार गरि पठाइएको हो ।  

दुर्गम तथा ग्रामीण क्षेत्रमा जटिल प्रकृतिका स्वास्थ्य समस्या भएका गर्भवती महिलाहरुहरुको उद्धारका लागी सञ्चालनमा रहेको यस कार्यक्रम मार्फत सोलुका ५ जना महिला लाभान्वित भएका हुन ।  कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिकाकी मुकुना बस्नेतको उद्धार गरिएको थियो । यस्तै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ की समिता महाकुलुङ गाउँपालिकाकी उषा किरण कुलुङ, सोताङ गाउँपालिका ५ की दाली राई र थुलुङ दुधकोशी गाउँपालिका २ की हेम कुमारी राईलाई उद्धार गरि काठमाण्डौ पठाइएको हो ।

 उनीहरूको गर्भावस्थामा भएको जटिलताका आधारमा स्थानीय तहको समन्वय तथा स्वास्थ्य संस्थाहरूको सिफारिसमा थप उपचारका लागी काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाउने गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका धेरै महिलाहरुको ज्यान बचाएको जिल्ला अस्पताल फाप्लुका डाक्टर बिनेश मण्डल बताउनुहुन्छ ।  

कतिपय केसहरू जटिल भइसकेपछि जिल्ला अस्पताल वा पालिकाका स्वास्थ्य संस्थाहरूमा आइपुग्ने भएकाले त्यस्ता महिलाहरूलाई विशेषज्ञ सेवानै आवश्यक पर्ने अवस्था देखिँदा काठमाण्डाै पठाउने गरिएको छ ।  अत्याधिक रक्तश्राव हुने अवस्थामा आमा र बच्चा दुवैको स्वस्थ्य बिग्रँदै गएको अवस्थामा, आपतकालीन उपचार आवश्यक परेको अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रम धेरै प्रभावकारी हुने गरेको उहाँको भनाई छ ।  यो सेवा पूर्ण रुपमा निशुल्क प्राप्त हुने सरकारी सेवा हो ।  

Previous Post

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

Next Post

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026
0
सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

August 5, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026
0
Next Post
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026
सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

सोलुखुम्बुमा सम्बन्ध विच्छेदका मुद्दा बढे, पारिवारिक विवाद चुनौती बन्दै

August 5, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly