साउन २०, सोलुखुम्बु । नुनथला छिर्दि सडक मर्मतका लागी स्थानीयहरुले सडक मर्मत सहजिकरण समिति निर्माण गरेका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु स्थित नुनथला देखी छिर्दि सम्मको सडक खण्ड क्षत विच्छेद भएपछि त्यस क्षेत्र स्थानीयहरुले वडा अध्यक्ष छोङ्वा शेर्पाको अध्यक्षतामा सडक मर्मत सहजिकरण समिति बनाएका हुन् ।
सडक मर्मत सहजिकरण समितीका सदस्य तथा स्थानीय श्याम राईका अनुसार वडा कार्यालयमा बैठक बसेर सडक मर्मतका लागी स्थानीय लुजाङ र राउजे हाइड्रोलाई १० दिनको समयसीमा तोकेर सडक मर्मतको लागी अनुरोध गर्ने र उक्त सडक मर्मतको नियमित अनुगमन, निरीक्षण, आवश्यक सामाग्री व्यवस्थापन लगायतका कार्य गर्ने जिम्मेवारी निर्वाचीत जनप्रतिनिधि सम्मीलित सहजिकरण समितीलाइ दिइएको बताउनुभयो ।
समितिले सडक मर्मतका लागी हाइड्रोसँग समन्वय गर्ने, आर्थिक सहयोग ग्रहण गर्ने, सडक निर्माणका लागी कच्चा पदार्थ लगायतको सहजिकरण गर्ने, सवारी साधन सञ्चालनको मापदण्ड निर्माण लगायतका काम गर्ने छ । समितिमा स्थानीय जनप्रतिनिधि लगायत सहयोगी सङ्घसंस्था तथा गैरसरकारी संस्थाहरू समेत सदस्य राखिएको छ ।











Discussion about this post