साउन २१, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले जिल्लाका चार स्थानमा प्रमुख पर्यटकीय स्थलसम्बन्धी सूचना बोर्ड राखेको छ । कार्यालयको आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रमअन्तर्गत सल्लेरी, पत्ताले, नेले र सोताङमा पर्यटकीय स्थलको जानकारी समेटिएका सूचना बोर्ड राखिएको हो ।
पर्यटकीय क्षेत्रको पहिचान सहज बनाउन तथा जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सूचना बोर्ड राखिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका वन संरक्षण अधिकृत रामचन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सूचना बोर्डमा सम्बन्धित क्षेत्रका प्रमुख पर्यटकीय स्थल तथा आवश्यक जानकारी समेटिएको छ ।
यसबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्य पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ । सोलुखुम्बुमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण विभिन्न पर्यटकीय क्षेत्र रहेकाले तिनको प्रचारप्रसार र प्रवद्र्धनका लागि सूचना बोर्ड उपयोगी हुने कार्यालयले जनाएको छ ।










Discussion about this post