साउन २१, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा पहिरोले बगाउँदा एक गोरु मरेको छ । अविरल वर्षासँगै आएको पहिरोले सोताङ गाउँपालिका–४ नाम्लुङका मक्कर राईको गोठमा बाँधिएको गोरुलाई बगाएको हो । बुधबार साँझ करिब ५ बजे राईले बारीमा बाँधेका दुई गोरुमध्ये एउटा गोरुलाई गोठभन्दा करिब १५० मिटर माथिबाट खसेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) तेजबहादुर प्रधानको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार पहिरोले बगाएको गोरु गोठमा बाँधिएको स्थानबाट करिब १५० मिटर तल शिवटार–नाम्लुङ कच्ची सडकखण्डमा मृत अवस्थामा फेला परेको थियो । घटनामा मानवीय क्षति नभएको र अन्य कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।










Discussion about this post