Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

Radio Everest by Radio Everest
August 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको छ । करिब १५ दिनदेखि जिल्लामा ग्यासको नियमित आपूर्ति हुन नसक्दा विशेषगरी सदरमुकाम सल्लेरी क्षेत्रका नागरिक तथा विद्यार्थी समस्यामा परेका छन् । बजारका अधिकांश ग्यास डिलरमा सिलिन्डर रित्तिएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । ग्यास अभावका कारण कतिपयले सामाजिक सञ्जालमार्फत व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् भने केहीले चर्को मूल्यमा ग्यास बिक्री तथा वितरण भइरहेको दाबी गरेका छन् ।

तर व्यवसायीहरूले भने आफूहरूले कुनै किसिमको कालोबजारी नगरेको बताएका छन् । सल्लेरीका किराना व्यवसायी ठोहरीप्रसाद ढुंगानाले बजारमा ग्याँसको चरम अभाव रहेको स्वीकार गर्दै मागअनुसार आपूर्ति हुन नसकेको बताउनुभयो । उहाँका अनुसार आफ्नो डिलरमा रहेका करिब ७ सय सिलिन्डर खाली छन् । जिल्लामा बल्लतल्ल केही थान सिलिन्डर आउने गरे पनि त्यसले माग धान्न नसकेको उहाँको भनाइ छ । उद्योग वाणिज्य संघ सोलुखुम्बुका अनुसार केही दिनअघि २ सय ५० थान ग्यास सिलिन्डर जिल्लामा ल्याएर विभिन्न क्षेत्रमा वितरण गरिएको थियो ।

त्यसले केही राहत दिए पनि अधिकांश उपभोक्ताको समस्या समाधान हुन नसकेको संघका अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार अहिले जिल्लाका व्यवसायीहरू आफैंले पर्याप्त ग्यास पाउन नसक्ने अवस्थामा छन् । “व्यापारीहरू २–४ थान सिलिन्डर राखेर बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । यता, ग्यासको अभावलाई लिएर उपभोक्तामा भने आक्रोश बढ्दै गएको छ । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको हुन सक्ने भन्दै नागरिकले बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् । सरकारले अनुगमन तथा निरीक्षणमा कडाइ गरे समस्या समाधान हुने अपेक्षा गरेका उपभोक्ता समस्या यथावत् रहँदा निराश बनेका छन् । बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जिल्लामा ग्यास अभाव रहेको विषयमा आफूहरू जानकार रहेको बताउनुभयो । उहाँका अनुसार समस्या समाधानका लागि आवश्यक सहजीकरण भइरहेको छ ।

तर मुख्य सहरहरूमा समेत ग्यासको आपूर्ति पर्याप्त नभएका कारण त्यसको प्रत्यक्ष प्रभाव सोलुखुम्बुमा परेको उहाँको भनाइ छ । जिल्लामा ग्यासको मागअनुसार नियमित आपूर्ति हुन नसक्दा उपभोक्ता, व्यवसायी र विद्यार्थी सबै प्रभावित भएका छन् । स्थानीय तह तथा प्रशासनले बजारमा हुने सम्भावित कालोबजारी र कृत्रिम अभाव रोक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने मागसमेत बढेको छ ।

Previous Post

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

Next Post

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly