साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवालको घरमै हत्या भएको छ। हत्या आरोपमा सोही स्थानका १९ वर्षीय रोशन भन्ने भुवनसिंह कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्रै मृत अवस्थामा फेला परेका कटवालको हत्या अनुसन्धानका क्रममा कार्कीको संलग्नता देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपछि दुवैजनाबीच विवाद भएको र रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरी कटवालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमाण्डमा विशेष टोली घटनास्थलमा खटिएको थियो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।










Discussion about this post