साउन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन २३ गते बिहान अन्दाजी ७ः३० बजे सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरी टोलीले आइतबार साउन २५ गते थप दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही वडाको तिङ्ला बस्ने २१ वर्षीय बिनोद खड्का र एक १७ वर्षीय बालक रहेका छन्। नाबालिग रहेकाले बालकको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ। घटनामा उनीहरूको संलग्नता तथा हत्याको मुख्य कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।











Discussion about this post