साउन २८, साेलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित पेल्माङ आधारभूत विद्यालयका एक विद्यार्थी शिक्षकको कुटाइबाट गम्भीर घाइते भएको आरोप लागेको छ । शिक्षकको कुटाइबाट विद्यार्थीको शरीरका विभिन्न भागमा चोट तथा नीलडाम देखिएको जनाइएको छ। घटनापछि विद्यार्थीको परिवारले शिक्षकको व्यवहारप्रति आपत्ति जनाउँदै आवश्यक छानबिन र कारबाहीको माग गरेको छ । घटनाबारे विद्यालय प्रशासन तथा सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।
हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
Discussion about this post