Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

७२ जनाले झुण्डिएर र ४ जनाले विष सेवनबाट आत्महत्या गरे

Radio Everest by Radio Everest
August 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक राई, खोटाङ | खोटाङमा आत्महत्याका घटना पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७६ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार गत आर्थिक वर्ष आत्महत्या गर्नेमा ७२ जना झुण्डिएको र ४ जना विष सेवन गरेको तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा झुण्डिएर ५६ जना र विष सेवनबाट ३ जनाले आत्महत्या गरेका थिए । यसअघि आर्थिक वर्ष २०८०/८१ मा झुण्डिएर ३७ जना, विष सेवनबाट ३ जना र हाम फालेर १ जनाले आत्महत्या गरेका थिए । तीन वर्षको तथ्यांक हेर्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या मात्रै ३७ बाट ५६ हुँदै ७२ पुगेको देखिन्छ । अर्थात् दुई वर्षको अवधिमा यस्तो घटना झण्डै दोब्बर भएको छ । जिल्ला प्रहरी कार्यालयले आत्महत्याका घटना बढ्नुका साथै मादक पदार्थ सेवनबाट हुने झै–झगडा र लागुऔषधको बढ्दो प्रयोगलाई चुनौतीका रूपमा औंल्याएको छ। जनशक्तिको कमी, जिल्लाको भौगोलिक अवस्था, बाटोघाटोको समस्या तथा बाढी–पहिरो र चट्याङजस्ता विपद् पनि प्रहरीका प्रमुख चुनौती रहेको कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यानका घटना पनि बढे

     खोटाङमा कर्तव्य ज्यानसम्बन्धी घटना पनि पछिल्लो वर्ष बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ वटा, २०८१/८२ मा ५ वटा र २०८२/८३ मा ७ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार तीनै आर्थिक वर्षमा दर्ता भएका सबै मुद्दा फर्छ्योट भएका छन् ।

महिला तथा बालबालिकाविरुद्धका अपराधमा कमी

    महिला तथा बालबालिकाविरुद्धका अपराध भने पछिल्लो आर्थिक वर्षमा घटेको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा जबरजस्ती करणीका २७, जबरजस्ती करणी उद्योगका ७ र बाल यौन दुरुपयोगका ३ गरी ३७ वटा घटना दर्ता भएका थिए। २०८१/८२ मा यस्तो संख्या बढेर ४७ पुगेको थियो । तर आर्थिक वर्ष २०८२/८३ मा जबरजस्ती करणीका १४, जबरजस्ती करणी उद्योगका ८, मानव बेचबिखनको १ र बहुविवाहका ३ गरी २६ वटा घटना दर्ता भएका छन् । गत आर्थिक वर्ष मानव बेचबिखनसम्बन्धी एक घटना पहिलोपटक दर्ता भएको छ भने बाल यौन दुरुपयोगका घटना शून्यमा झरेका छन् ।

हराएका सबै व्यक्ति फेला

    प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हराएका सबै व्यक्ति फेला परेका छन् । सो अवधिमा ३१ महिला, १२ पुरुष र २२ बालबालिका हराएको निवेदन परेको थियो। अघिल्ला दुई आर्थिक वर्षमा हराएका व्यक्तिको खोजीमा पनि सबैलाई फेला पारिएको प्रहरीको तथ्यांक छ ।

सडक दुर्घटना घटे, घाइतेको संख्या पनि कम

    आर्थिक वर्ष २०८२/८३ मा खोटाङमा ८६ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ७ जनाको मृत्यु र ९१ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १३३ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु र १२६ जना घाइते भएका थिए। तथ्यांकअनुसार दुर्घटनाको संख्या र घाइते हुनेको संख्या घटेको छ भने मृत्यु हुनेको संख्या भने एक जनाले बढेको छ ।

प्रहरीको गस्ती र उजुरी पनि बढ्दो

      जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १५ हजार १८३ पटक गस्ती गरिएको छ। कार्यालयमा ६७८ वटा उजुरी तथा निवेदन प्राप्त भएका छन् भने आकस्मिक सहायताका लागि २ हजार ४४० वटा कल प्राप्त भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ७४० वटा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन र ओसारपसार नियन्त्रणबाट १ लाख ५५ हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला प्रहरी कार्यालयले समुदायसँगको सहकार्यमा प्रहरी कार्यक्रम, विद्यालयस्तरीय सचेतना, प्राथमिक उपचार तथा CPR अभ्यास, भीड नियन्त्रण अभ्यास र पीडित पुनःभेट कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरूको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

Previous Post

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

Next Post

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly