साउन २८, सोलुखुम्बु । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोलुखुम्बुमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय (मावि) निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति सोलुखुम्बुको आयोजनामा जिल्लाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत माविका विद्यार्थीबिच निबन्ध प्रतियोगिता सञ्चालन गरिएको थियो ।
‘विज्ञान प्रविधिको विकाससँगै स्वरोजगार र देश विकासमा युवाको भूमिका’ शीर्षकमा आयोजित प्रतियोगितामा जल्लाका प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रालाई सहभागी गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट एक जना छात्र र एक जना छात्रालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको रास्वपा सोलुखुम्बुका अध्यक्ष नारायण काजी कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा वि.पी संस्कृत माविका छात्र दिप्सन बास्तोला प्रथम भएका छन् ।












Discussion about this post