जेठ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित ब्राइट फ्युचर कम्प्युटर सेन्टरबाट एक सय बढीले निः शुल्क कक्षा लिएका छन् । गत भदौ महिना देखि सुरु भएको ब्राइट फ्युचर कम्प्युटर सेन्टरबाट करिब १ सय ५० जनाले निः शुल्क आधारभूत कम्प्युटर कक्षा लिएका हुन् ।
आधारभूत कम्प्युटर शिक्षा र प्रविधिमा दुर्गम ठाउँबाट आएर अध्ययन गर्न चाहने विद्यार्थीहरुको इच्छा पूरा गर्ने उद्देश्यले निः शुल्क कक्षा सञ्चालन गरिरहेको ब्राइट फ्युचर कम्प्युटर सेन्टरका संचालक गेल्बु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नागरिकहरुको आवश्यकता अनुसार विभिन्न व्यक्तिहरु सँगको सहकार्यमा निः शुल्क तालिम जारी रहेकोे बताउनुभयो ।
शेर्पाले विज्ञान र प्रविधिको युगमा हरेक नागरिकसँग प्राविधिक ज्ञान हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले सक्रिय भएर तालिममा सहभागि भई सिप सिक्न सहभागिलाई आग्रह गर्नुभएको छ ।
Discussion about this post