Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

Radio Everest by Radio Everest
August 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३०, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी सङ्कलन र वितरण सुरु गरिएको छ। उच्च पहाडी क्षेत्रमा देखिने निरन्तर कुहिरोलाई प्रविधिमार्फत पानीमा परिणत गर्ने यो प्रयोग स्थानीयको खानेपानी समस्या समाधानको वैकल्पिक उपायका रूपमा अघि सारिएको हो।

समुद्र सतहबाट करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बा क्षेत्रमा वर्षायाम तथा अन्य समयमा समेत लामो समयसम्म कुहिरो लागिरहने गरेको छ। भूउपग्रह अध्ययनबाट निरन्तर कुहिरो लाग्ने क्षेत्र पहिचान गरी त्यही आधारमा पानी सङ्कलनका लागि उपयुक्त स्थान छनोट गरिएको हो। कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि नेपालका पूर्वी पहाडी क्षेत्रमा करिब तीन दशकअघि पनि प्रयोगमा आएको थियो। इलामलगायतका क्षेत्रमा विगतमा प्रयोग भएको प्रविधिलाई आधुनिक उपकरण र अनुसन्धानमा आधारित प्रणालीमार्फत मेले गुम्बामा पुनः प्रयोग गरिएको हो।

खिजीदेम्बा गाउँपालिकाको समन्वय तथा जर्मनीको जिआइजेडअन्तर्गतको आइकेआई ग्रान्टको आर्थिक सहयोगमा दि स्मल अर्थ नेपालले आयोजना सञ्चालन गरेको हो। जलवायु परिवर्तन, जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्न जर्मन सरकारले उपलब्ध गराउने अनुदानमार्फत परियोजना सञ्चालन गरिएको जनाइएको छ। करिब एक करोड रुपैयाँको लागतमा आयोजना निर्माण गरिएको दि स्मल अर्थ नेपालले जनाएको छ। आयोजना निर्माण तथा अनुसन्धानको मुख्य उद्देश्य स्थानीय क्षेत्रमा रहेको प्राकृतिक स्रोतको उपयोग गर्दै खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्नु रहेको अनुसन्धान टोलीले जनाएको छ।

अनुसन्धान टोलीकी सदस्य डा। निरिना खड्गीका अनुसार मेले गुम्बामा कुहिरोबाट पानी सङ्कलन गर्न सकिने सम्भाव्यता अध्ययनपछि प्रयोगात्मक आयोजना अघि बढाइएको हो। उहाँका अनुसार स्थानीयको खानेपानी अभावलाई ध्यानमा राखेर कुहिरोलाई पानीमा रूपान्तरण गर्ने सम्भावनाबारे अनुसन्धान गरिएको हो। करिब दुई वर्ष लगाएर आयोजना सम्पन्न गरिएको हो। कुहिरोबाट सङ्कलित पानीलाई आवश्यक प्रक्रियापछि स्थानीयस्तरमा प्रयोग गर्न मिल्ने गरी वितरण गरिएको छ।

जलवायु परिवर्तनका कारण परम्परागत पानीका स्रोतमा असर पर्दै गएको तथा कतिपय उच्च पहाडी बस्तीमा खानेपानीको समस्या बढ्दै गएको अवस्थामा कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधिलाई नयाँ विकल्पका रूपमा हेरिएको छ। मेले गुम्बामा गरिएको प्रयोग सफल भएमा निरन्तर कुहिरो लाग्ने नेपालका अन्य उच्च पहाडी तथा हिमाली बस्तीमा समेत यस्ता प्रविधि विस्तार गर्न सकिने अनुसन्धान टोलीको अपेक्षा छ। यसले परम्परागत पानीका स्रोतमा निर्भरता घटाउनुका साथै जलवायु परिवर्तनसँग अनुकूलन गर्ने स्थानीय उपायका रूपमा समेत भूमिका खेल्न सक्ने देखिएको छ।

Previous Post

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Next Post

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly