असोज १५, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट नेता गोकर्ण बस्नेत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
असोज १२ र १३ गते सम्पन्न निर्वाचनको नतिजाअनुसार बस्नेत भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
बस्नेत पछिल्लो स्थानीय तह निर्वाचनमा लिखुपिके गाउँपालिका–३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। वडा अध्यक्षका रूपमा स्थानीय तहमा समेत सक्रिय रहेका बस्नेतले पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै कांग्रेसको जिल्ला तथा केन्द्रीय तहको राजनीतिक गतिविधिमा आफ्नो भूमिका थप विस्तार गर्ने अवसर पाएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा बस्नेतले पार्टीको नीति, नेतृत्व चयन तथा संगठनसम्बन्धी निर्णय प्रक्रियामा प्रतिनिधित्व गर्नेछन्।










Discussion about this post