असोज १६, सोलुखुम्बु । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दुवै वायुको आंशिक प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। महाशाखाका अनुसार बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।










Discussion about this post