Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

६ महिनामाथिका गाई-भैँसीलाई खोरेतविरुद्ध खोप लगाइँदै

Radio Everest by Radio Everest
October 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक राई, खोटाङ | खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान असोज १५ गतेदेखि सञ्चालनमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र खोटाङको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहमा एक महिनासम्म खोप अभियान सञ्चालन गरिने भएको हो । अभियानअन्तर्गत स्थानीय तहमा नियुक्त भएका ६१ जना खोपकर्तालाई खोपसम्बन्धी आवश्यक अभिमुखीकरणसमेत प्रदान गरिएको छ । बिहीबार दिक्तेल बजारमा आयोजित कार्यक्रममा खोप कार्य सञ्चालन, एभिस सफ्टवेयर एप्लिकेसनको प्रयोगलगायत विषयमा खोपकर्तालाई जानकारी दिइएको हो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरमा कार्यरत पशु चिकित्सक पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।

खोरेत रोग विशेषगरी गाई, भैँसीलगायत खुरफाट्टा पशुमा देखिने संक्रामक रोग भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि नियमित खोपलाई महत्वपूर्ण मानिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र खोटाङका सूचना अधिकारी श्रीलाल चौधरीका अनुसार पहिलो चरणमा सञ्चालन हुने अभियानमा ६ महिनाभन्दा माथिका गाई तथा भैँसीलगायत खुरफाट्टा ठूला पशुलाई खोरेत रोगविरुद्धको खोप लगाइने छ ।

खोरेत रोगविरुद्धको खोप अभियान स्थानीय तहका विभिन्न क्षेत्रमा पुगेर सञ्चालन गरिने जनाइएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहका पशु प्राविधिक तथा पशु सेवा कर्मचारीसँग समन्वय गरिनेछ । केन्द्रले आफ्ना पशुमा समयमै खोप लगाउन तथा अभियानसम्बन्धी थप जानकारीका लागि सम्बन्धित स्थानीय तहका पशु प्राविधिक वा पशु सेवा शाखामा सम्पर्क गर्न पशुपालक किसानलाई आग्रह गरेको छ । खोरेत रोगको जोखिमबाट पशुधनलाई जोगाउन खोप अभियानमा सक्रिय सहभागिता जनाउनसमेत पशुपालक किसानलाई अनुरोध गरिएको छ ।

Previous Post

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

Next Post

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly