साउन ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभर शतप्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । जिल्लाका कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत परमेश्वर चमारले जानकारी दिनुभयो ।
ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा सबैभन्दा बढी ४७५ हेक्टर र महाकुलुङ गाउँपालिकामा सबैभन्दा कम १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । त्यसैगरी नेचासल्यान गाउँपालिकामा ३६० हेक्टर, सोताङ गाउँपालिकामा १६५ हेक्टर, लिखुपिके गाउँपालिकामा १३५ हेक्टर, माप्यदुधकोशी गाउँपालिकामा ४५ हेक्टर र सोलुदुधकुण्ड नगरपालिकामा ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष भदौ १ गतेतिर मात्रै रोपाइँ सकिएकोमा यस वर्ष भने साउनको अन्तिम साताभित्रै रोपाइँ कार्य सकिएको छ ।











Discussion about this post