Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

Radio Everest by Radio Everest
August 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयका कृषि विषय अध्ययनरत विद्यार्थी अब कक्षाकोठामा मात्रै सीमित छैनन् । उनीहरू पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा समेत जुट्न थालेका छन् । विद्यालयमा पहिलो पटक ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु भएपछि कक्षा ११ र १२ मा प्राविधिक धारअन्तर्गत कृषि विषय अध्ययनरत विद्यार्थीले विद्यालय परिसरमै विभिन्न जातका मौसमी तरकारी खेती गर्न थालेका हुन् ।

कोशी प्रदेश सरकारबाट विनियोजित बजेट तथा कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सञ्चालन भएको कार्यक्रमले विद्यार्थीलाई कृषि शिक्षालाई व्यवहारमा उतार्ने अवसर दिएको विद्यालयले जनाएको छ । उत्पादनमा सहभागी हुँदै विद्यार्थीले खेती गर्ने प्रविधि, श्रमको मूल्य, उत्पादन व्यवस्थापन र बजारसँगको सम्बन्धबारे प्रत्यक्ष सिक्ने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङका अनुसार २०७० सालदेखि विद्यालयमा कृषि धारको पठनपाठन हुँदै आए पनि विद्यार्थीले सिकेको सीपलाई उत्पादनसँग जोड्ने यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन भएको हो । कार्यक्रमले विद्यार्थीको व्यावहारिक ज्ञान र सीप बढाउनुका साथै भविष्यमा आम्दानीको आधारसमेत तयार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । संघीय सरकारबाट विद्यालयले यस्तो कार्यक्रमको अवसर नपाएको अवस्थामा प्रदेश सरकारमार्फत अनुदान तथा प्राविधिक सहयोग प्राप्त हुनु सकारात्मक भएको प्रधानाध्यापक तामाङले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २०७८ सालदेखि राष्ट्रिय रूपमा सञ्चालन हुँदै आएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि विद्यालयले पटक–पटक प्रयास गरे पनि हालसम्म अवसर पाउन सकेको थिएन । यसपटक सुरु भएको कार्यक्रमले विद्यार्थीलाई ‘कृषि पढ्ने’ मात्र होइन, ‘कृषिमै उत्पादन गर्ने’ वातावरण तयार गरेको विद्यालयको बुझाइ छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कार्यालय प्रमुख दुर्गाबहादुर तिरुवाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नु हो ।

यसबाट विद्यार्थीलाई भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त तथा स्वावलम्बी नागरिकका रूपमा विकास गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । विद्यालयमा सुरु भएको यो कार्यक्रमले कृषि शिक्षालाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक उत्पादन र उद्यमशीलतासँग जोड्ने प्रयासका रूपमा समेत अर्थ राखेको छ । कार्यक्रम प्रभावकारी रूपमा अघि बढे विद्यालयका कृषि विद्यार्थीले पढाइसँगै आफ्नै उत्पादनबाट आम्दानी गर्ने बाटोसमेत बनाउन सक्ने देखिन्छ ।

Previous Post

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

Next Post

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly