जेठ ३०, सालुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकाका ७ सय ९४ जना बालबालिकाले खोप पाएको सुनिश्चीत भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिका भरि रहेका सो संख्यका सबै १६ देखी ५९ महिना सम्मका बालबालिकाले सबै १३ प्रकारका खोप पाएको सुनिश्चीत भएसँगै सोमबार पालिकालाई पुर्ण खोप सुनिश्चीत पालिका समेत घोषणा गरिसकिएको छ ।
जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा सोमबार पालिकालाई पुर्ण खोप सुनिश्चीत पालिका घोष्णणा गरिएको हो । यो वर्ष गाउँपालिकाका ९ वटा वडामा खोप पाउनुपर्ने लक्षित उमेर समुहमा पर्ने बालबालिका मध्ये सबैभन्दा धेरै वडा नम्बर ८ सिम्पानीका रहेको गाउँपालिका जनस्वास्थ्य निरिक्षक यदु कुमार बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सिम्पानीका १ सय ५३ जना बालबालिकालाई यो वर्ष खोप लगाइएको थियो । यस्तै गाउँपालिकाको वडा नम्बर १ लिकुवापोखरीका ७७ जना बालबालिकालाई यो वर्ष खोप लगाइएको छ । यस्तै वडा नम्बर २ वाप्लुखाका १ सय १० जना, वडा नम्बर ३ सावाकटहरेका ८२ जना, वडा नम्बर ४ बडकादियालेका ८९ जना, वडा नम्बर ५ चिप्रीङका ५८ जना, वडा नम्बर ६ इन्द्रणी पोखरीका ७३ जना, वडा नम्बर ७ खोटाङ बजारका ७४ जना, र वडा नम्बर ९ लिच्कीराम्चेका ७८ जना बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चीत भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका ९ वटै वडामा रहेका २७ वटा खोप केन्द्रहरुबाट बिभिन्न समयमा सञ्चालन गरिएका खोप कार्यक्रमहरुमा लक्षित उमेरका बालबालिकालाइ खोप लागइएको थियो । गाउँपालिका पुर्ण खोप सुनिश्चीत भएसँगै पालिका खोप समन्वय समितिले वडाहरुलाई पनि पुर्ण खोप सुनिश्चीत वडा भएको प्रमाणपत्र प्रदान गरेको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले जानकारी दिनुभयो ।
उहाँले सबै बालबालिकाले खोप पाएको नपाएको घरधुरी समेत सर्बेक्षण गरि छुटेकालाई खोप लगाएर मात्र पुर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको बताउनुभएको हो । पुर्ण खोप सुनिश्चीत पालिका घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जिवन चौलागाँई, गाउँपालिका उपाध्यक्ष रुपेश राई लगायत स्वास्थ्यकर्मी, सरोकारवाला, स्थानीय लगायतको उपस्थीती रहेको थियो ।
Discussion about this post