जेठ ३०, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नम्ब २ मा खानेपानी अभावको समस्या अन्त्य भएको छ । नेचासल्यान गाउँपालिका, एफआइडिआर र वडा नम्बर २ सरकार को संयुक्त लगानीमा निर्मित खानेपानी आयोजना निर्माण सम्पन्न भएर वडाको हरेक घरमा पानी पुगेसँगै त्यहाँका नागरिकको खानेपानीको समस्या अन्त्य भएको हाे ।
३ वटै निकायको करिव १ करोड लागतमा निर्मित रुँगा सिरान मुहान चौतारा चुहान खानेपानी आयोजनाको काम सम्पन्न भएर वडामा पानी खसेपछि वर्षौ देखी खानेपानी समस्याको सिकार बन्दै आएका वडाका १ सय २५ घरधुरीको समस्या पुर्ण रुपमा हल भएको हो । बुधबार एक कार्यक्रमका वीच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीकाे प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहका वीच उक्त खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । वडाबाट १४ किलोमिटर टाढा रहेको मुहानबाट पाइपलाइन विस्तार गरेर खानेपानी वडामा पु¥याइएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।
मुहानबाट ल्याएर ४० हजार लिटर क्षमताको भण्डारण ट्याङ्कीमा पानी भण्डारण गरेर उपभोक्ताको धारामा जडान गरिएको खानेपानी मिटरको आधारमा वितरण गरिने छ । वडामा वर्षौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकलाई यो आयोजना बाट पानी खसेपछि अव धारा र कुवाबाट पानी बोकेर खानुपर्ने समस्याबाट मुक्ति मिलेको छ ।
खानेपानी आयोजना उद्घाटन कार्याक्रममा प्रमुख अतिथी केसी, विशेष अतिथी तथा खानेपानी आयोजनाको लगानीकर्ता एफआइडिआर प्रोजेक्टका देशीय प्रतिनिधी माओ सुगिता, गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई सहितले मिटर सहितको धारा खोलेर उद्घाटन गर्नुभएको थियो । खानेपानीको समस्या अन्त्य गर्न एक घर एक धाराको अवधारणा अनुसार पर्याप्त खानेपानी घरघरमै आएपछि स्थानीय हर्षित छन । उनीहरुले यसको दिर्घकालिन व्यवस्थापन र निरन्तरता हुन जरुरी रहेको बताएका छन ।
उक्त खानेपानीलाई व्यवस्थित गर्न स्थानीय रुद्र बहादुर राईको अध्यक्षतामा ९ सदस्यीय खानेपानी व्यवस्थापन समिति समेत गठन गरिएको छ । अहिले एक घर एक धारा कार्यक्रम अनुसार वडाका १ सय ५ घरधुरीमा धारा जडान गरिसकिएको छ । भने बाकी १५ घरमा छिट्टै धारा जडान गरिने जनाइएको छ । गाउँपालिका अध्यक्ष धनजन राईले मुहानका लागी जग्गा उपलब्ध गराउनु भएकाे थियाे । योजनालाई निरन्तरता दिन ब्यबस्थापन समितिलाई सुझाब र मार्गनिर्देशन गरिरहने कार्यक्रमका सभापति तथा वडा अध्यक्ष सिताराम काफ्लेले बताउनुभएको छ ।
Discussion about this post