Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान २ मा एक घर एक धारा, खानेपानीको पहुँचमा वडाबासी

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नम्ब २ मा खानेपानी अभावको समस्या अन्त्य भएको छ । नेचासल्यान गाउँपालिका, एफआइडिआर र वडा नम्बर २ सरकार को संयुक्त लगानीमा निर्मित खानेपानी आयोजना निर्माण सम्पन्न भएर वडाको हरेक घरमा पानी पुगेसँगै त्यहाँका नागरिकको खानेपानीको समस्या अन्त्य भएको हाे ।

३ वटै निकायको करिव १ करोड लागतमा निर्मित रुँगा सिरान मुहान चौतारा चुहान खानेपानी आयोजनाको काम सम्पन्न भएर वडामा पानी खसेपछि वर्षौ देखी खानेपानी समस्याको सिकार बन्दै आएका वडाका १ सय २५ घरधुरीको समस्या पुर्ण रुपमा हल भएको हो । बुधबार एक कार्यक्रमका वीच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीकाे प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहका वीच उक्त खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । वडाबाट १४ किलोमिटर टाढा रहेको मुहानबाट पाइपलाइन विस्तार गरेर खानेपानी वडामा पु¥याइएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।

मुहानबाट ल्याएर ४० हजार लिटर क्षमताको भण्डारण ट्याङ्कीमा पानी भण्डारण गरेर उपभोक्ताको धारामा जडान गरिएको खानेपानी मिटरको आधारमा वितरण गरिने छ । वडामा वर्षौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकलाई यो आयोजना बाट पानी खसेपछि अव धारा र कुवाबाट पानी बोकेर खानुपर्ने समस्याबाट मुक्ति मिलेको छ ।

खानेपानी आयोजना उद्घाटन कार्याक्रममा प्रमुख अतिथी केसी, विशेष अतिथी तथा खानेपानी आयोजनाको लगानीकर्ता एफआइडिआर प्रोजेक्टका देशीय प्रतिनिधी माओ सुगिता, गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई सहितले मिटर सहितको धारा खोलेर उद्घाटन गर्नुभएको थियो । खानेपानीको समस्या अन्त्य गर्न एक घर एक धाराको अवधारणा अनुसार पर्याप्त खानेपानी घरघरमै आएपछि स्थानीय हर्षित छन । उनीहरुले यसको दिर्घकालिन व्यवस्थापन र निरन्तरता हुन जरुरी रहेको बताएका छन ।

उक्त खानेपानीलाई व्यवस्थित गर्न स्थानीय रुद्र बहादुर राईको अध्यक्षतामा ९ सदस्यीय खानेपानी व्यवस्थापन समिति समेत गठन गरिएको छ । अहिले एक घर एक धारा कार्यक्रम अनुसार वडाका १ सय ५ घरधुरीमा धारा जडान गरिसकिएको छ ।  भने बाकी १५ घरमा छिट्टै धारा जडान गरिने जनाइएको छ । गाउँपालिका अध्यक्ष धनजन राईले मुहानका लागी जग्गा उपलब्ध गराउनु भएकाे थियाे  । योजनालाई निरन्तरता दिन ब्यबस्थापन समितिलाई सुझाब र मार्गनिर्देशन गरिरहने कार्यक्रमका सभापति तथा वडा अध्यक्ष सिताराम काफ्लेले बताउनुभएको छ ।

Previous Post

खोटेहाङका झण्डै ८ सय बालबालिकाले पाए खोप, बन्यो पुर्ण खोप सुनिश्चीत पालिका

Next Post

लिखुपिकेको ८५ प्रतिशत बजेट कार्यान्वयन, अर्काे बजेटमा प्रशासनीक भवन बनाइने अध्यक्ष कार्कीकाे भनाइ

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly