भदौ २६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यस वर्ष आयोजना हुने हरितालिका तीज विशेष कार्यक्रम स्थगित गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले शुक्रबार सूचना जारी गर्दै विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला राईका अनुसार विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उपयुक्त नदेखिएकाले यस वर्षका लागि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्को कठिन परिस्थितिमा पनि हरितालिका तीज पर्वले सम्पूर्ण दिदीबहिनीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।











Discussion about this post