Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

Radio Everest by Radio Everest
September 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ २६, सोलुखुम्बु । रसुवामा गएको बाढीका कारण सडक तथा यातायात प्रभावित भएपछि सोलुखुम्बुको बजारमा खाना पकाउने ग्यासको अभावका साथै चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको आपूर्ति र मूल्यमा समेत प्रभाव पर्न थालेको स्थानीय व्यवसायीहरूले बताएका छन् । सोलुखुम्बुका व्यवसायीहरूका अनुसार अन्य खाद्यान्नको तत्काल चरम अभाव नरहे पनि ग्यासको आपूर्ति मागअनुसार हुन सकेको छैन । बजारमा मागको तुलनामा निकै कम परिमाणमा ग्यास आउने गरेको उनीहरूको भनाइ छ । जोरबौद्धका खाद्यान्न व्यवसायी पदम श्रेष्ठका अनुसार पहिले मागअनुसार ५० वटासम्म ग्यास आउने गरेकोमा अहिले १० देखि १५ सिलिन्डर मात्रै आउने गरेको छ । माग धेरै र आपूर्ति कम हुँदा ग्यास वितरण गर्न समेत समस्या भइरहेको उहाँले बताउनुभयो ।

व्यवसायी श्रेष्ठका अनुसार दाल, चामल, चिनी, मैदा लगायतका दैनिक उपभोग्य खाद्यान्नको भने तत्काल चरम अभाव हुने अवस्था छैन । सोलुखुम्बुमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको र तराईबाट आउने वैकल्पिक मार्गसमेत सञ्चालनमा रहेकाले खाद्यान्न आपूर्तिमा ठूलो समस्या नहुने उहाँको भनाइ छ । तर, ढुवानी तथा खरिद मूल्य बढेका कारण खाद्यान्नको मूल्य भने बढिरहेको व्यवसायीहरूले बताएका छन् । विशेषगरी चिनीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । केही समयअघि प्रतिकेजी ११५ देखि १२० रुपियाँसम्ममा बिक्री हुँदै आएको चिनी अहिले १३५ देखि १४० रुपियाँभन्दा माथि पुगेको व्यवसायी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहिले ५० केजी चिनीको एक बोरा करिब चार हजार पाँच सयदेखि पाँच हजार रुपियाँमा पर्ने गरेकोमा अहिले कटारीमै छ हजार रुपियाँभन्दा बढी पर्ने गरेको छ । चामलको मूल्यसमेत बढेको उहाँले बताउनुभयो ।

अर्का स्थानीय व्यवसायी निकुमार नेपालीले बाढीपछि सडकमार्ग प्रभावित हुँदा सामानको ढुवानीमा समस्या देखिएको बताउनुभयो । कृष्णभीरमा समेत पहिरोका कारण आवतजावतमा समस्या हुँदा चाडपर्वका लागि थप सामान ल्याउन कठिनाइ भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार बजारमा मौज्दात रहेको खाद्यान्नले केही समय धान्न सक्ने अवस्था भए पनि नयाँ सामानको खरिद मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ । यता व्यवसायी जनक श्रेष्ठले पनि रसुवाको बाढीका कारण सामान ढुवानीमा समस्या भएको बताउनुभयो । सडक अवरुद्ध हुँदा सामान पुर्याउन कठिन भएको र त्यसको असर मूल्यमा देखिन थालेको उहाँको भनाइ छ ।

उहाँले सोलुखुम्बुमा विशेषगरी ग्यासको अभाव गम्भीर बन्दै गएको बताउनुभयो । मागअनुसार ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ताले समस्या भोगिरहेको उहाँले जानकारी दिनुभयो । बाढीपछि बजारमा सामानको मूल्य बढ्दै गएसँगै चाडपर्वमा उपभोक्तामाथि थप आर्थिक भार पर्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ । यद्यपि खाद्यान्नको मौज्दात र वैकल्पिक आपूर्ति मार्गका कारण तत्कालै खाद्यान्नको चरम अभाव हुने अवस्था नरहेको उनीहरूले बताएका छन् । चाडपर्वको समयमा उपभोक्तामा विगतको जस्तो उत्साहसमेत नरहेको व्यवसायीहरूको अनुभव छ ।

रसुवालगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिका कारण स्थानीय उपभोक्ताहरूमा चाडपर्वप्रति उत्साह कम देखिएको उनीहरूको भनाइ छ । व्यवसायी जनक श्रेष्ठले विपत्तिका कारण धेरै परिवार प्रभावित भएकाले यस वर्षको चाडपर्व विगतका वर्षजस्तो उल्लासमय नहुने बताउनुभयो । यसैबीच, उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठले चाडपर्वलाई मात्र लक्षित नगरी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति सहज बनाउन व्यवसायी तथा सम्बन्धित पक्षसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । बजारमा खाद्यान्न तथा ग्यासको अवस्था बुझ्ने, व्यवसायीसँग समन्वय गर्ने र आवश्यक वस्तुको आपूर्ति सहज बनाउन पहल गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

उहाँले चाडपर्वका समयमा खाद्यान्न अभाव हुन नदिन समेत आवश्यक समन्वय गरिने बताउनुभयो । व्यवसायीहरूले भने बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरेका छन् । बजारमा कुन वस्तु कति मौज्दात छ, मूल्य अवस्था कस्तो छ तथा म्याद गुज्रिएका वस्तु बिक्री भइरहेका छन् कि छैनन् भन्ने विषयमा नियमित अनुगमन आवश्यक रहेको उनीहरूको भनाइ छ । ग्यासको आपूर्ति मागअनुसार हुन नसके कालोबजारीको सम्भावनासमेत बढ्न सक्ने व्यवसायीहरूले बताएका छन् । त्यसैले चाडपर्वको समयमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउनुका साथै मूल्य नियन्त्रण र नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

Related Posts

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026
0
बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly