Monday, September 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
September 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र २९, साेलुखुम्बु । सोलुखुम्बुको फाप्लुबाट काठमाडौं जाने हवाई भाडा पछिल्लो छ वर्षमा झण्डै दोब्बर भएको छ । सरकारी वायु सेवा कम्पनी नेपाल वायुसेवाको भाडादर पछिल्लो ५ बवर्षमा करिव ८५ प्रतिशतले बृद्धि भएको हो । भाडा विवरणअनुसार सन् २०२० देखि २०२६ सम्म फाप्लु–काठमाडौं एकतर्फी हवाई भाडा ८४ प्रतिशतभन्दा बढीले बढेको हो । सन् २०२० को जुन २६ मा फाप्लु–काठमाडौंको हवाई भाडा ३ हजार ९ सय ३५ रुपैयाँ थियो । तर सन् २०२६ अर्था २०८३ को हाल सम्म आइपुग्दा उक्त भाडा ७ हजार ३ सय पुगेको छ । २०२३ को जुनमा आर्थिक वर्ष २०८०÷८१ भाडा बढेर ५ हजार ७ सय १८ रुपैयाँ पुगेको थियो ।

यसरी तीन वर्षको अवधिमा फाप्लु–काठमाडौं हवाई भाडा १ हजार ७ सय ८३ रुपैयाँले अर्थात् करिब ४५ प्रतिशतले बढेको देखिन्छ । नेपाल वायुसेवा निगमका फाप्लु स्टेशन इन्चार्ज तेन्जी शेर्पाका अनुसार २०२३ पछि भाडा बढ्नुमा हवाई टिकटमा मूल्य अभिवृद्धि कर अर्थात् भ्याट कार्यान्वयन हुनुका साथै यात्रु सेवा शुल्क, विमानस्थलको ल्यान्डिङ तथा पार्किङ शुल्क, मौसमसम्बन्धी शुल्क, सुरक्षा तथा सञ्चार र नेभिगेसन शुल्कमा भएको वृद्धि लगायतका कारण छन् । भाडा वृद्धिको अर्को कारण २०२६ मा मध्यपुर्वको द्धन्द देखिएको छ । अप्रिल ५, २०२६ मा फाप्लु–काठमाडौं भाडा बढेर ७ हजार ३ सय रुपैयाँ ३५ पैसा पुगेको थियो ।

२०२० को तुलनामा यो रकम ३ हजार ३ सय ६५ रुपैयाँ ३५ पैसा बढी हो । अर्थात् छ वर्षको अवधिमा भाडा करिब ८५ प्रतिशतले बढेको देखिन्छ । यसपटकको वृद्धिको प्रमुख कारण भने मध्यपूर्वमा बढेको द्वन्द्वसँगै हवाई इन्धनको मूल्यमा भएको ठूलो वृद्धि रहेको नेपाल वायुसेवाले जनाएको छ । अप्रिल २०२६ मा नेपालमा घरेलु उडानका लागि प्रयोग हुने एटीएफको मूल्य ९७ दशमलव ६ प्रतिशतले बढेर प्रतिलिटर २ सय ५१ रुपैयाँ पुगेको थियो ।

इन्धनको यस्तो अस्वाभाविक वृद्धिपछि नेपालमा घरेलु हवाई भाडा पनि ठूलो दरले बढेको थियो । तर पछिल्लो विवरणमा भने फाप्लु–काठमाडौंको भाडामा सामान्य कमी आएको छ । अगस्ट ७, २०२६ मा उक्त भाडा ७ हजार २ सय ७२ रुपैयाँ १ पैसा कायम भएको छ । अप्रिलको तुलनामा यो करिब २८ रुपैयाँ अर्थात् शून्य दशमलव ४ प्रतिशत कम हो । यद्यपि पछिल्लो कमीले लामो अवधिको वृद्धिमा ठूलो परिवर्तन ल्याएको छैन । अगस्ट २०२६ को भाडा पनि सन् २०२० को तुलनामा करिब ८५ प्रतिशत नै बढी छ । यसले फाप्लु–काठमाडौं हवाई यात्राको लागतमा पछिल्ला वर्षमा कर, विमानस्थल तथा सेवा शुल्क र विशेषगरी इन्धनको मूल्य वृद्धिको प्रभाव परेको देखाउँछ ।

नागरिक उड्डयन प्राधिकरणले घरेलु हवाई भाडाका विभिन्न तह र इन्धन अधिभारको विवरण सार्वजनिक गर्दै आएको छ । सोलुखुम्बुका लागि भने यसको प्रभाव अझ महत्वपूर्ण देखिन्छ । सडक यातायातको विकल्प सीमित रहेको अवस्थामा काठमाडौंसँगको नियमित हवाई सेवा स्थानीय बासिन्दा, बिरामी, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा पर्यटकका लागि महत्वपूर्ण यातायात माध्यम हो । त्यसैले हवाई भाडामा भएको यस्तो वृद्धि केवल यात्रुको खर्च बढेको विषय नभई जिल्लाको यातायात पहुँच र समग्र आर्थिक गतिविधिसँग जोडिएको विषयसमेत बनेको छ ।

Previous Post

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

Related Posts

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

September 14, 2026
0
सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक  प्रमुख समस्या

सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक प्रमुख समस्या

September 14, 2026
0
रसुवा भोटेकोशी पहिरोमा ज्यान गुमाएकाप्रति बालेश्वर माविद्वारा श्रद्धाञ्जली, १२ हजार राहत सहयोग

रसुवा भोटेकोशी पहिरोमा ज्यान गुमाएकाप्रति बालेश्वर माविद्वारा श्रद्धाञ्जली, १२ हजार राहत सहयोग

September 14, 2026
0
हरितालिका तीजमा सोलुखुम्बुका मन्दिरमा महिला भक्तजनको भीड

हरितालिका तीजमा सोलुखुम्बुका मन्दिरमा महिला भक्तजनको भीड

September 14, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

September 14, 2026
राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

September 14, 2026
सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक  प्रमुख समस्या

सोलुमा भटमासको उत्पादनमा बर्षेनी घटबढ कायम, बाँदर आतंक प्रमुख समस्या

September 14, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly