भाद्र २९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले भोटेकोशी बाढी तथा विपद् पीडितको राहत एवं पुनस्थापनाका लागि १८ लाख ७५ हजार रुपैयाँ भन्दा बढी रकम सङ्कलन गरेको छ । गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट सहयोग जुटाई कुल १८ लाख ७५ हजार १९६ रुपियाँ राहत कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ। सङ्कलित रकम लिखुपिके गाउँपालिका विपद् व्यवस्थापन कोषबाट १ लाख रुपियाँ र प्रत्येक वडा कार्यालयलाई तीज कार्यक्रमका लागि विनियोजित बजेटबाट ५ लाख रुपियाँ राहतमा छुट्याइएको हाे।
त्यसैगरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूका १० दिनको पारिश्रमिक बापत १ लाख ११ हजार ८०० रुपैयाँ र वडा नं. ३, चौलाखर्कको कार्यालय सञ्चालन कोषबाट ५१ हजार रुपैयाँ योगदान गरिएको छ। यसैगरी, गाउँ कार्यपालिका अन्तर्गतका कर्मचारीहरू (अधिकृत स्तरका ७ दिन, सहायक स्तरका ५ दिन र श्रेणीविहीनका २ दिनको तलब) बाट ३ लाख ६० हजार ३७५ रुपैयाँ सङ्कलन भएको छ।
सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू (उ.मा.वि., मा.वि., प्रा.वि. प्रथम श्रेणीकाहरुको ७ दिन; नि.मा.वि. तृतीय, प्रा.वि. द्वितीय, प्रा.वि. तृतीय, कम्प्युटर शिक्षक र बाल विकास सहजकर्ताको ५ दिन; तथा विद्यालय लेखा कर्मचारी र विद्यालय सहयोगीको २ दिनको तलब) बाट ७ लाख ५२ हजार २९१ रुपैयाँ सङ्कलन भएको छ । गाउँपालिकाका अनुसार उक्त रकम प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेल र गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको पहल तथा सबै जनप्रतिनिधी र कर्मचारीकाे निर्णय अनुसार बाढीपीडितको सहयोगका लागि व्यवस्थापन गरिएको हो ।










Discussion about this post