असोज १२, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुमा प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय समिति तथा संघीय महाधिवेशन प्रतिनिधि चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढिरहेको हो। कार्यालयका अनुसार सोलुखुम्बुमा क्षेत्रीय प्रतिनिधिसहित कुल १ हजार ३११ जना मतदाता कायम भएका छन्। मतदाताको अन्तिम नामावलीसमेत सार्वजनिक भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ः३० बजेसम्मको समय तोकिएको छ। त्यसपछि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारीमाथि दाबी विरोध, उम्मेदवारी जाँचबुझ तथा दोस्रो नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारको नामावली प्रकाशनपछि निर्वाचन प्रक्रिया मतदानतर्फ अघि बढ्नेछ। मतदान भने असोज १३ गते दिउँसो १२ बजे हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सोलुखुम्बु कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वसँगै संघीय महाधिवेशन प्रतिनिधिका लागि समेत उम्मेदवारी दर्ता भइरहेकाले सदरमुकाम सल्लेरीमा कांग्रेस नेता तथा क्षेत्रीय प्रतिनिधिहरूको चहलपहल बढेको छ। उम्मेदवारी दर्ताको क्रमसँगै विभिन्न पदमा आकांक्षीहरूबीच सहमति जुटाउने प्रयाससमेत भइरहेको बताइएको छ।
केही दिन माैसममा अाएकाे खरावीका कारण क्षेत्रिय प्रतिनिधीहरू सदरमुकाम अाइपुग्न समस्या भइरहेकाे र हाल सम्म १२ सयकाे हाराहारीमा मतदाता अाइपुगेका एक नेताले बताए ।










Discussion about this post