जेठ ३१, सोलुखुम्बु । खोटाङको रावाबेशी गाउँपालिका २ स्थित शारदा माध्यमिक विद्यालयको ७३ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिहिवार विद्यालयले विविध कार्यक्रमहरु आयोजना गरी बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
शारदा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलाराज बस्नेतको अध्यक्षता, गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ लगायत अभिभावक, विद्यार्थी, विभिन्न राजनितिक दलहरुको उपस्थितिमा बार्षिक उत्सव मनाइएको संवाददाता उदिम चाम्लिङ राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा अन्तर विद्यालय हाजिरी जवाफ, चित्रकला, नृत्य, वक्तित्वकला, बोरा दौड, महिलाहरुलाई बक्ति काड्ने प्रतियोगिताहरु समावेश गरिएको थियो । हाजिरी जवाफमा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश ः ४५ सय, ३७ सय र ३ हजार रुपैँया पुरस्कार प्रदान गरिएको छ, भने वक्तित्वकलामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : २५ सय, १७ सय ५० र १२ सय प्रदान गरिएको छ ।
यस्तै चित्रकला तर्फ १ हजार, ७ सय र ५ सय रुपैँया, नृत्य अन्तर्गत २५ सय, २ हजार र १५ सय रुपैँया पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । अभिभावकहरुका लागि आयोजना गरिएको बोरा दौडमा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगिलाई क्रमश : १ हजार, ७ सय र ५ सय रुपँैया पुरस्कार हस्तान्तरण गरिएको छ, भने बक्ति काड्ने प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : १ हजार, ७ सय र ५ सय रुपैँया प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रावाबेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर बृद्वि गर्नका लागि आफु लागि परिरहेको बताउनुभएको छ ।
Discussion about this post