Monday, November 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

Radio Everest by Radio Everest
November 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन निर्माण, अधिवेशन तथा आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै खोटाङमा दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टीको केन्द्रीय कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्यहरूको कात्तिक १२ गते बसेको संयुक्त बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीले शुक्रबार जिल्ला पार्टी कार्यालय भवनगैरामा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको हो। अभियानको प्रारम्भमा राष्ट्रियता, जनजीविका, सुशासन र पारदर्शिताका विषय समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएको नेकपाले जनाएको छ। नेकपा खोटाङका सह–इन्चार्ज ललिन्द्र राईका अनुसार अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यहरूको नेतृत्वमा प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यहरूलाई जिल्लाका १० वटै पालिकामा कार्यक्षेत्र विभाजन गरिएको छ। अभियानअन्तर्गत पालिका तथा वडा कमिटीका बैठक यथाशीघ्र आयोजना गरिनेछ।

अभियानका क्रममा वडा तथा पालिकास्तरमा तिहार विशेष कार्यक्रम, बाटोघाटो सरसफाइ तथा विभिन्न संगठनात्मक गतिविधि सञ्चालन गरिनेछ। त्यस्तै, जिल्ला स्कुल विभागको समन्वयमा दर्शनशास्त्र, अर्थशास्त्र, राजनीति, वर्तमान राजनीतिक उपलब्धि, आर्थिक निर्भरता, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पथप्रदर्शक सिद्धान्तबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रियता, जनजीविका, जनअधिकार, सुशासन र पारदर्शिताको पक्षमा संघर्ष गर्ने तथा जनवर्गीय संगठन र मोर्चाहरूको भेला एवं कमिटी निर्माणलाई तीव्रता दिने कार्यक्रमसमेत अभियानमा समेटिएको छ। दुई महिने अभियानको अन्त्यमा निर्वाचन क्षेत्रस्तरमा समीक्षा बैठक आयोजना गरी आगामी कार्ययोजना निर्माण गरिने पार्टीले जनाएको छ।

यसैबीच, ग्रामीण विकास कार्यक्रमको अवधारणा निर्माणका लागि रामकुमार राई (पासाङ) को नेतृत्वमा कमल ढकाल र कविकुमार राई सदस्य रहेको समिति गठन गरिएको जानकारी दिइएको छ। बैठकले भोटेकोशी बाढीपीडितको सहयोगार्थ पार्टीका तर्फबाट ९४ हजार ७६८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।

Previous Post

कोशीमा बिजुली उत्पादनमा सोलुखुम्बुको दबदबा, ३४९.८ मेगावाटसहित पहिलो स्थानमा

Next Post

छैठौँ नेचासल्यान गोल्डकप सुरु, उद्घाटन खेलमा जुनताराको शानदार जित

Related Posts

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
0
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
0
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
0
सोलुखुम्बुमा उद्योग प्रवद्र्धनका उपायबारे छलफल

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

काङ्ग्रेस भोजपुर भन्छ ः भोजपुर नगरपालिकाले अधिवेशन खर्च दिएको हैन, लेबीबाट गरिएको हो  

November 2, 2026
सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

सोलुखुम्बुमा भालुको आक्रमणबाट ७० वर्षीय वृद्ध गम्भीर घाइते

November 2, 2026
उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

उदयपुरमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ मा, बसन्त बस्नेतको नेतृत्वमा तयारी

November 2, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly