असार १, सोलुखुम्बु । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्त बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् । प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post