असार १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ४ सय जना अट्ने क्षमताको सामुदायिक भवन तथा कोसेली घर निर्माण अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ५५ लाख र हिमालय ट्रष्ट नेपालको २२ लाख रुपैयाँ लागतमा निर्मित सामुदायिक भवन निर्माण ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
गाउँमा सञ्चालन हुने तालिम तथा कार्यक्रम सभा समारोह लगायत अन्य विविध प्रयोजनका लागी प्रयोग गर्न निर्माण गरिएको समुदायिक भवन निर्माणको लागी गाउँपालिकाले २ आर्थिक वर्षमा छुट्टाछुट्टै बजेट विनियोजन गरेको थियो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ मा निर्माण भइरहेको उक्त सामुदायिक भवनसँगै कोसेली घर समेत निर्माण भएको छ ।
सामुदायिक भवनलाई सामुदायिक रेष्टुराँको रुपमा विकास गर्दै गाउँमा हुने स्थानीय रैथाने उत्पादनहरुको बजारीकरण, प्रबद्र्धन र बिक्रीवितरणका लागी प्रयोग गर्न सकिने गरि निर्माण गरिएको कोशेलीघर पनि सामुदायिक भवनको व्यवसायिक प्रयोगमा सहयोगी हुने गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाको भनाई छ ।
रेष्टुराँको रुपमा प्रयोग गर्न सकिने गरि उक्त भवनसँगै कोसेली घर सहित शौचालय र सुविधासम्पन्न स्नान घर समेत निर्माण गरिएको छ । दुधकोशी टोल विकास संस्थाले निर्माण गरिरहेको सामुदायिक भवन निर्माण सम्पन्न हुने चरणमा रहेको र अन्य भित्रि सामाग्रीहरु खरिदको काम भने पालिकाले नै गर्ने दुधकोशी टोल विकास संस्थाका अध्यक्ष दावा जाङ्वु शेर्पाले बताउनुभयो । उहाँले गाउँपालिकाको लागतमा निर्मित भवन वडा नम्बर २ का लागी निकै महत्वपुर्ण रहेको बताउनुभएको छ ।
निर्माण सम्पन्न भएपश्चात यसलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अmभ छलफल हुने भएपनि हाललाई सामुदायिक सभा कार्यक्रम, तालिम, गोष्ठी संास्कृतिक कार्य लगायतमा प्रयोग हुन सक्ने उहाँको भनाई छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई नयाँ अभ्यासबाट सेवा दिन सकिने गरि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई थियो ।
Discussion about this post