Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु, जिल्लामा सवारी दुर्घटनामा कमी

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोेलुखुम्बु । सोलुखुम्बुमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ सुरु गरिएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन बिहिबार देखि एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री)को अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सल्लेरी बजार प्रभातफेरी गरी जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रमको उद्घाटन गरिएको जिल्ला ट्राफिक कार्यालयले सोलुखुम्बुले जनाएको छ ।

समुद्वाटन कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले माउण्ट एभरेष्ट सेकेन्डरी स्कुलका छात्रा कल्याण राईलाई हेल्मेट लगाई कार्यक्रमको उद्घाटन गर्नुभएको छ । पूर्वी जिल्ला सोलुुखुम्बुमा आर्थिक बर्ष २०७९÷०८० मा १२ वटा दुर्घटनामा १ जनाको मृत्यु र ९ जना घाइते भएका थिए, भने चालु आर्थिक बर्ष २०८०÷०८१ मा ११ जना घाईते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सप्ताहको पहिलो दिन प्रभातफेरीमा जिल्ला स्थित जनप्रतिनिधि, सरोकारवाला कार्यालय, सङ्घ संस्था, विद्यार्थी, सर्वसाधारण, सवारी चालक लगायतको सहभागीता रहेको थियो ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरी सप्ताह सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालयको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताह सुरु गरिएको हो ।

 सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अव्यवस्थित पार्किङ हटाउने, चालक र परिचालकलाई प्रशिक्षण, सवारीको यान्त्रिक परीक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, यात्रु सचेतनामा प्रशिक्षण, पर्चा पम्प्लेट वितरण, सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने उल्लेख गर्नुभयो । । प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लामा ट्राफिक प्रहरी कार्यालयका भवन जिर्ण रहेकाले सर्वप्रथम यस तर्फ सम्बन्धीत निकायहरुको ध्यान जानुपर्नेमा जोड दिदै आफ्नो तर्फबाट पनि थप पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । साथै सोलुमा हाल ट्राफिक प्रहरी जनशक्तिको अभाव भएकाले दुर्घटना न्यूनिकरणका लागि प्रहरीको मात्र भूमिका नरहि सबै सरोकारवालाहरुको उत्तिकै भूमिका निर्वाह गर्र्नुपर्ने औल्याउनु भयो ।

सवारी चालकहरुले मापे गरेर सवारी साधन चलाउदा बढी दुर्घटना हुने उल्लेख गर्दै चालक स्वयंम सचेत रहनु पर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री)ले ग्रामिण क्षेत्रमा सडकको अवस्थालाई मध्यनजर गर्दे चालकहरुले सवरी चलाउन आग्रह गर्नुभयो । सवारी चालकहरुले मापे गरेर सवारी साधन चलाउदा बढी दुर्घटना हुने उल्लेख गर्दै चालक स्वयंम सचेत रहनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ५ का वडा अध्यक्ष मिङ्मार शेर्पा, प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका घिमिरे, लगायतका अन्य सुरक्षाकर्मीहरु, यातायात व्यवसायी, शिक्षक तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेका थियो ।

Previous Post

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Next Post

किन मनाउने शरणार्थी दिवस

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
किन मनाउने शरणार्थी दिवस

किन मनाउने शरणार्थी दिवस

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly