असार १०,साेलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले झण्डै ४५ कराेडकाे बजेट ल्याएकाे छ । आज पालिकाको १६ औं गाउँ सभाबाट ४३ लाख ९४ करोड ८६ हजार बराबरको बजेट पालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले पेश गर्नु भएको छ । अनुमानित बजेट उपाध्यक्ष राजेश कुमार भण्डारीले पेश गर्नु भएको हाे ।
अध्यक्ष राईका अनुसार गरिबी न्युनिकरण र दिगो विकासको लक्ष्यलाई बजेटले विशेष प्राथमिकतामा राखेको बताउनु भएकाे छ । जस अन्तर्गत संघीय सरकारबाट रावश्च बाँडफाँड रु. ७ करोड ९७ लाख ५० हजार, प्रदेश सरकारबाट सवारी कर बाडफाँड रु. २५ लाख ८५ हजारमात्र गरी कुल राजश्च बाँडफाँड जम्मा रु.८ करोड २३ लाख ३५ हजारको अनुमान गरेको छ ।

संघीय सरकार वित्तीय समानिकरण अनुदान रु. ७ करोड ९३ लाख, संघीय सरकार सशर्त अनुदान चालु रु. २१ करोड ४१ लाख ५५ हजार. संघीय सरकार सशर्त अनुदान पुजीँगत रु १० लाख, संघीय सरकार समपूरक अनुदान रु.१ करोड ५० लाख, संघिय सरकार विशेष अनुदान रु. १ करोड ३५ लाख गरी संघीय बजेट जम्मा रु. ३२ करोड १९ लाख ५५ हजारको अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु. ४६ लाख ९५ हजार, प्रदेश सरकार सशर्त अनुदान चालु रु. १७ लाख ५१ हजार, प्रदेश सरकार सशर्त अनुदान पूँजिगत रु. १ करोड ५६ लाख, प्रदेश सरकार समपूरक अनुदान रु. ९५ लाख गरी कोशी प्रदेश सरकारवाट जम्मा रु. ३ करोड १५ लाख ४६ हजारको बजेटको अनुमान गरिएको छ ।
Discussion about this post