असार १०, सोलुखुम्बु । साेलुकाे महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि ३५ करोड १७ लाख ३५ हजार १ सयको अनुमानित बजेट ल्याएको छ । सोमबार पालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा गाउँ सभा सम्पन्न गरिएको हो ।
बजेटमा पुल र प्रशासनिक भवन प्राथमिकतामा राखिएको पालिका अध्यक्ष सुर्य कुलुङले बताउनु भयाे । उहाँका अनुसार आवश्यकताको आधारमा ४ वटा पुल, एक पालिकाको प्रशासनिक भवन र २ वटा वडाको भवन निर्माणलाई प्राथमिकता दिइने छ ।
नेपाल सरकारको वित्तीय समानिकरण अनुदान तर्फ ९ करोड २१ लाख, नेपाल सरकार सर्सत अनुदान तर्फ ११ करोड १९ लाख, संघिय राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ हजार १ सय, प्रदेश सरकार समानिकरण अनुदान ५६ लाख ४४ हजार, सवारी साधन कर वापत ३० लाख १२ हजार रहेको छ ।
Discussion about this post