Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी गाउँपालिकाको बजेट झन्डै ४० करोड

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न गाउँसभाबाट ३९ करोड ७७ हजार ५९ हजार ५०० को बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनु भयाे ।

 अध्यक्ष  राईले नीति तथा कार्यक्रम पारित गरेर पर्यटन, कृषि क्षेत्रसँगै गाउँपालिकाको गौरबको आयोजनाहरुलाई मुख्य प्राथमिकतामा राखिएको  साथै आवश्यकता र लक्षित योजनाका आधारमा शिक्षा, स्वास्थ्यलगायतमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले बजेट तत्कालिन र दीर्घकालिन दुईटै सोचका साथ विनियोजन गरिएको भन्दै आफ्नै कार्यकालभित्र यसलाई तदारुकताका साथ कार्यन्वयन गरेर गाउँपालिकालाई समृद्ध बनाउनेतर्फ लागिरहेको समेत बताउनुभयो ।

बजेट सिलिङअनुसार गाउँपालिका पर्यटन गुरुयोजना निर्माण, पर्यटन डकुमेन्ट्री निर्माण, पर्यटकीय गन्तव्यहरुको सहज पहुँचका लागि सांकेतिक चिन्ह निर्माण तथा व्यवस्थापन, पर्यटन प्रवद्र्धनका लागि साईक्लिङ रुट निर्माण तथा साईक्लिङ प्रतियोगिता सञ्चालन, रक क्लाइम्बिङ तालिम तथा प्रतियोगिता सञ्चालन, पर्यटन पदमार्ग म्याप, ब्रोसर डिजाइन तथा प्रिन्ट, कुक तालिम सञ्चालन, एभरेष्ट दुधकोशी कल्चरल टे«लको थप काम गर्ने, एभरेष्ट दुधकोशी कल्चरल टे«ल बाँसको डस्बिन निर्माण तथा व्यवस्थापन, रक क्लाइम्बिङ सेन्टर घाराबार तथा गेट निर्माण, लोकल नेचर गाइड तथा पोर्टर तालिम सञ्चालनलगायतमा बजेट विनियोजन गरिएको हो ।

त्यस्तै धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधारहरु निर्माणका लागिसमेत प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । पर्यटकीय पूर्वाधारअन्तर्गत साँस्कृतिक चिण्डो पार्क निर्माणका लागि १ करोड ९० लाख, साँस्कृतिक बुद्धपार्कका लागि ५० लाख, साँस्कृतिक महादेव पार्क स्काई ग्लास ब्रिज निर्माणका लागि १ करोड ८६ लाख, साँस्कृतिक महादेव मन्दिर निर्माण १६ लाख, पर्यटन सूचना केन्द्रको सौचालय निर्माण, नाम गुम्बा निर्माणका साथै पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने उद्देश्यले गाउँपालिकादेखि राजधानीसम्म सिधा यातायात सेवा सञ्चालनका लागि सरकारी निजी साझेदारीमा बस सञ्चालन अनुदानस्वरुप २० लाख रुपैयाँ बजेटको व्यवस्था व्यवस्था गरिएको छ ।

त्यस्तै गाउँपालिकाको कृषि क्षेत्रको विकासका लागि कृषि विउ वितरण, गाउँपालिकास्तरीय कृषि तथा पशु व्यवसाय कार्यक्रम सञ्चालन, कृषि तथा पशु औषधी खरिद, विभिन्न कृषि फर्महरुलाई अनुदान, विभिन्न कृषि संकलन केन्द्रको भवनहरु, दीर्घकालिन कृषि योजना रणनीति निर्माणलगायतका लागि बजेट विनियोजन गरिएको छ ।

प्राथमिकतामा परेका भौतिक पूर्वाधारहरुमध्ये भुंगरा खोला मोटरेबल पुल निर्माणका लागि ८० लाख, त्रिवेणी मोटरेबल पुल निर्माणका लागि ८० लाख, व्याटमिन्टन हल निर्माणका लागि ३६ लाख, विभिन्न क्षेत्रको सडक ट्याक ओपन तथा भवनहरु निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै कक्षा ४ देखि १० सम्मलाई पालिकास्तरीय प्रश्नपत्र निर्माण तथा उत्तर पुस्तिका वितरण गर्ने, विभिन्न संघसंस्थाहरुसँगको साझेदारीमा शिक्षासम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई गणित, नेपाली र अंगे्रजी विषयको कापी प्रिन्ट तथा वितरण, स्वस्थ्य संस्थामा बच्चा जन्माउन उत्पे्ररणा प्रोत्साहन भत्ता प्रतिव्यक्ति रु ५ हजार रुपैयाँ दिने, विद्यालय सञ्चालन, व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान दिने, ७ वटै माविमा खेलकुद, अतिरिक्त क्रियाकलाप सञ्चालन, बाल क्लब कार्यक्रम सञ्चालन अनुदान, कक्षा १ देखि ५ सम्म सञ्चालन भएका विद्यालयलाई प्रिन्टर र कम्प्युटर वितरण, कक्षा ११ र १२ सञ्चालन गरिरहेका ३ वटै विद्यालयहरुमा शिक्षक तलब भत्तालगायतको अनुदान कार्यक्रम राखिएको छ ।

यस बजेटमार्फत प्रशासनिक खर्च ४ करोड ५ लाख २६ हजार, गाउँपालिकाको दायित्ववापत रु. १ करोड रुपैयाँ, वडा सिलिङ प्रति वडा २० लाखका दरले जम्मा १ करोड ४० लाख रुपैयाँ र वडा प्रशासनिक खर्च ३५ लाख विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादबकाअनुसार आन्तरिक स्रोत, संघ र प्रदेशबाट प्राप्त बजेटहरुबाट स्रोत व्यवस्थापन गरिएको छ । त्यसमा संघ समानिकरण अनुदानवापत १० करोड ४ लाख, प्रदेश समानिकरण अनुदान ६३ लाख ६ हजार, प्रदेश राजस्व सवारी साधन करवापत २४ लाख ३० हजार, संघ राजस्व बाँडफाँड भई प्राप्त हुने मुल्य अभिबृद्धि करवापत रु. ५ करोड १३ लाख ७८ हजार ६०१, संघ राजस्व बाँडफाँड भई प्राप्त हुने अन्त शुल्क १ करोड ६ लाख ६१ हजार ३० रुपैयाँ, संघ राजस्व बाँडफाँड भई प्राप्त हुने वन रोयल्टी ७८ हजार २१९, संघ राजस्व बाँडफाँड भई प्राप्त हुने पर्वतारोहणवापतको रोयल्टी ६० लाख ८१ हजार ८००, गापाको आन्तरिक राजस्व ५२ लाख, मालपोत कार्यालय राजस्ववापत ५ लाख प्राप्त भएको छ ।

त्यस्तै संघीय सशर्त अनुदान (चालु) १५ करोड ९९ लाख ५५ हजार ५००, संघीय सशर्त अनुदान (पूँजीगत) २८ लाख ६ हजार, संघीय विशेष अनुदान १ करोड ४५ लाख, संघीय समपुरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ९५ लाख ६२ हजार रुपैयाँ र प्रदेश समपुरक अनुदान १ करोड रुपैयाँ रहेको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकको बजेट ६७ करोड, कृषिलाई प्राथमिक्ता

Next Post

महाकुलुङ गाउँपालिकाको बजेट ३५ कराेड भन्दा बढी – पुल र प्रशासनिक भवन प्राथमिकतामा

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
महाकुलुङ गाउँपालिकाको बजेट ३५ कराेड भन्दा बढी –  पुल र प्रशासनिक भवन प्राथमिकतामा

महाकुलुङ गाउँपालिकाको बजेट ३५ कराेड भन्दा बढी – पुल र प्रशासनिक भवन प्राथमिकतामा

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly