असार ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसामा नि : शुल्क विरुवा वितरण गर्दा किसानहरु लाभान्वित भएका छन् । मंगलबार गाउँपालिका र कृषि वन स्रोत केन्द्र तथा ईको हिमालको समन्वयमा विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण गर्दा किसानहरु लाभान्वित भएका हुन् ।
किसानहरुलाई व्यावसायिक फलपूmल खेतीप्रति किसानको आकर्षण बढाउने उदेश्यले विरुवा वितरण गरिएको थुलुङ दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष सबिता राईले जानकारी दिनुभयो । कृषकलाई आपँ, लिची, रुख कटहर, अम्बा, अपला, टिप्मुर, जुनार, सुन्तला, बढहर, कगती लगायतका विरुवा वितरण गरिएको हो ।
परम्परागत खेतीसँगै किसानलाई फलपूmल खेतीतर्फ आकर्षित गर्ने योजनाका साथ ८० जनालाई १२ हजार ९ सय ६२ बढी फलफुलका बिरुवा वितरण गरिएको हो । निःशुल्क रूपमा बिरुवा पाएपछि किसानहरू खुशी भएका छन् ।
Discussion about this post