असार ११, सोलुखुम्बु ।
ने
कपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी र वाइसिएल नेपाल सोलुखुम्बुका विद्यार्थीलाई प्रशिक्षण गरिएको छ । आज जिल्ला समन्वय समिति सोलुखुम्बुको सभाहलमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सोलुखुम्बु इन्चार्ज, पूर्व माननीय हेम कुमार राई (सुरविर)को प्रमुख आतिथ्यमा अखिल क्रान्तिकारी र योङ्ग कम्युनिष्ट लिग सोलुखुम्बुको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य तथा इन्चार्ज राईले विद्यार्थी र युवा नै पार्टि निर्माणको महत्वपूर्ण आधार भएको भन्दै विद्यार्थीहरूलाई एकताबद्ध गर्न लाग्न निर्देशन दिनुभएको छ । उहाँले नेकपा माओवादी देशको समग्र परिवर्तनको संवाहक भएको र उत्पीडित समुदाय, महिला, दलितहरूकाे हकहित संरक्षणका लागी लडेको भनदे उहाँले यो कुरा गाउँ गाउँमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि तथा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक असिम राईले सोलुखुम्बुमा माओवादी पार्टी अहिले पनि बजबुद रहेको बताउनु भएको छ । सोलुखुम्बुमा माओवादी भित्र केही समस्या भएपनि त्यसको समाधान गरेर अगाढी बढ्नुपर्ने उहाँको भनाई थियो ।
पार्टीको पूर्वी संगठन सुदृढीकरण अभियानका इन्चार्ज तथा केन्द्रिय सदस्य मुक्साम हाङ लिम्बू मुकेशले विद्यार्थी तथा युवा संगठन निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीको सुदृढीकरण र संगठन निर्माण अहिलेको आवश्यकता भएको भन्दै हरेक वडामा हरेक पालिकामा माओवादीको संगठन निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ ।
आज सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी, अखिल कान्तीकारीका केन्द्रिय उपाध्यक्ष मदन भट्टराई, अखिल क्रान्तीकारीका कोशी इन्चार्ज खगेन्द्र सुवेदी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहको थियो ।
Discussion about this post