असार ११, सोलुखुम्बु । मोरङमा बुढीखोलाले एकै परिवारका ४ जना बगाउँदा १ जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–५ गौशाला नजिक बूढीखोलाले बगाउँदा मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको हो । दुई जना बेपत्ता भएका छन् । एक जनाको जिवितै उद्धार गरिएको संवाददाता मनोज कार्कीले जानकारी दिनुभयो । सुन्दरहरैँचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो १२ बजेतिर खोलामा अचानक आएको बाढीले चार जना महिलालाई बगाएको थियो ।
बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको जिवितै उद्धार गरिएको छ । सोही स्थानकी २५ वर्षीय प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो ।
Discussion about this post