असार १३, सोलुखुम्बु । पाचँ दिनसम्म तालिम लिएपछि तालिमकै बीचमा सिकेका सीपको प्रयोग गरेर महिलाहरुले बनाएको अचार अगाडि चाङ लगाएर राखिएको थियो । तितेकरेला, आँप, अधुवा र लसुन लगायतको छुट्टाछुट्टै र मिक्स अचार प्लास्टिकको बट्टामा प्रष्टै देखिन्थ्यो । तालिममा के सिकियो भन्नेबारे सोध्नै नपर्नेगरी अगाडि नै परिणाम देख्दा सोताङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकर्ण बस्नेत दंग थिए, अचार बनाउनेमा १७ जना महिलाहरु उत्तिकै खुशी थिए ।
x x x
वडा कार्यालयको आर्थिक वर्ष २०८०-०८१ को महिला लक्षित कार्यक्रम अन्तगर्त १ लाख बजेट विनियोजन गरी तालिम दिएको हो । वडा अध्यक्षसँगै वडा कार्यपालिका सदस्य जुना माया नेपालीले पनि महिलाहरुको सीप र उत्साहको प्रशंसा गर्नुभएको छ । वडा अध्यक्ष बस्नेतले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै स्थानीय समूहले उत्पादन गरेको अचार निकै उत्कृष्ट रहेको बताउनुभयो । उक्त तालिममा सहभागीहरुलाई वडाले सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको छ ।
Discussion about this post