असार १३, सोलुखुम्बु । खोटाङमा पहिरोले घर पुरिनै लाग्दा पालिकाले तत्काल उद्धार गरेको छ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिकाको वडा नम्बर ३ का स्थानीय नवराज दाहालको घर माथिबाट खसेको पहिरोले पुरिन लागेपछि गाउँपालिकाको जेसीवी पुर्याएर घर बचाइएको हो ।
दाहालको घर माथि रहेको बारीको कान्ला झरेर घरको एक पाटामा पहिरोको भार परेपछि जोखिममा परेको थियो । उक्त पहिरो हटाउन गाउँपालिकाले विहीबार बिहान जेसीवि पठाएर सफा गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राइृले बताउनुभयो ।
बर्षातको सिजन सुरु भएसँगै बाढी पहिरोजस्ता मनसुनजन्य विपदमा नागरिक प्रभावित हुन सक्ने भन्दै त्यसका लागी आवश्यक पर्ने उद्धार, राहत र पुनर्स्थापनाका लागी गाउँपालिका तयार रहेको अध्यक्ष राईले बताउनुभयो । भिरालो र उकालो भौगोलिक अवस्थिति रहेकाले बाढी पहिरोको जोखिम रहने भन्दै अध्यक्ष राईले सचेत रहन पनि पालिका बासीलाई आग्रह गर्नुभएको छ ।
Discussion about this post